लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गिरी दाबी पेश गर्दै « Khabarhub

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गिरी दाबी पेश गर्दै


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेश गर्ने तयारी गरेका छन् । दाबी पेश गर्न बुधबार अपरान्ह ४ बजे सम्मको समय दिइएको छ । 

गिरीले एमालेसहितका दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्तिका प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्न लागेका हुन् । हिजो नै गिरीले दाबी पेश गर्ने तयारी गरे पनि अन्तिम समयमा स्थगित भएको थियो ।

लुम्बिनीमा प्रदेश प्रमुख शेरचनले २७ पुस ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ ।

यहाँ एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४-४ चार तथा जसपा र जनमत पार्टीका ३-३, स्वतन्त्रबाट २, कांग्रेसका २७, लोसपाका ३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक एक सांसद छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १ : ५१ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले