सामाजिक न्यायसहित समृद्धिको नयाँ युगको थालनी गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड  « Khabarhub

सामाजिक न्यायसहित समृद्धिको नयाँ युगको थालनी गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड 


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब मुलुकमा सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगको थालनी गर्नुपर्ने बताएका छन् । माओवादीको सहायक संगठन योङ कम्युनिष्ट लिगको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धिलाई आफूले सपनाका रुपमा लिएको र वर्तमान सरकारले त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । 

‘मैले यसलाई संकल्प र प्रतिबद्धताका रुपमा लिएको छु, एउटा प्रधानमन्त्रीले चाहेर मात्र पनि हुँदैन, समृद्धिको यात्रा हासिल गर्न विभिन्न जनसंगठनले साथ दिनुपर्छ’, उनले भने, ‘सरकार र पार्टीलाई यो चुनौतीपूर्ण अवसरलाई सफल पार्न तपाइँहरुले संस्थागत रूपले पहलकदमी गर्नुपर्नेछ ।’

सरकारको नेतृत्वका रुपमा पाएको यो अवसरलाई सदुपयोग गर्नुपर्नेमा आफू सचेत रहेको जनाउँदै उनले वर्तमान सरकारले चुनौतीलाई चिर्न सफल हुने बताए। “जनताको विकास निर्माणसम्बन्धी आकाङ्क्षा पूरा गर्न र भ्रष्टाचार नियन्त्रणमा कठोर रूपमा अघि बढ्नुपर्छ”, प्रधानमन्त्री दाहालले भने, “आर्थिक समृद्धिको जुन कल्पना गरेका छौँ । त्यसलाई पूरा गर्नु छ । त्यसपछि देशमा नयाँ युग सुरु हुनेछ ।”

अध्यक्ष दाहालले जनताको घरघरमा पार्टीलाई विस्तार गर्न र पार्टी सुदृढीकरणको अभियानलाई व्यापक बनाउन आग्रह गरे । पार्टीमा युवाको सहभागिता बढाउन २० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरिएको जनाउँदै उनले पार्टी निर्माणमा लाग्न युवालाई निर्देशन दिए । 

राजधानीमा मंगलबारदेखि सुरु तेस्रो पूर्ण बैठकमा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण, आगामी कार्यदिशाका बारेमा छलफल भएको थियो । बैठकको पहिलो दिन उपाध्यक्ष कृष्णबहादुर महराले प्रशिक्षण दिएका थिए । वाइसिएलले ‘जनताको घरदैलोमा वाइसिएल’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  २ : १३ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ