'पृथ्वीजयन्ती मनाउँदा कसैले हीनताबोध गर्न पर्दैन' | Khabarhub Khabarhub

‘पृथ्वीजयन्ती मनाउँदा कसैले हीनताबोध गर्न पर्दैन’


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसलाई राष्ट्रले उत्सवका रूपमा मनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । तीन सय एकऔँँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाद्वारा आज भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा उनले पृथ्वीजयन्ती कुनै राजनीतिक दल र विचार विशेषको मात्र नभई नेपाली जनताको गौरव, इतिहास र पहिचानसँग सम्बन्धित जयन्ती रहेको बताए।

उनले भने, ‘एकता दिवस मनाउँदा कसैले हिनताबोध गर्न पर्दैन, पृथ्वी थिए, त्यसैले नेपाल भन्ने राष्ट्र छ, नेपाल छ । त्यसै कारण पद र प्रतिष्ठा पाएका छौँ, उपेक्षामा परेको यो दिनलाई नयाँ सरकारले सार्वजनिक बिदा दिएर सुकार्यको काम गरेको छ । पार्टीका तर्फबाट धन्यवाद ज्ञापन र निर्णयको स्वागत गर्छु ।’

एक प्रश्नको जवाफमा सरकारका प्राथमिकतामा आफूले उठाएका पृथ्वी जयन्तीलगायतका मुद्दा समेटिएकाले सरकारमा जान ढोका खोलेको उल्लेख गरे । उनले भने, ‘सरकारबाट भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा नयाँ ढंगले काम गर्ने प्रतिबद्धता आएको छ, सेवा प्रवाह चुस्तदुरुस्त हुनुपर्छ, मलखादको सहज उपलब्धता गर्ने विषय पनि स्वीकार गरेको छ । दलभित्र छलफल गरेर हामी सरकारमा सहभागी हुने विषयलाई टुङ्ग्याउँछौँ ।’

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : ५५ बजे

गुडिरहेको बस पुलबाट खस्दा अल्जेरियामा १८ जनाको मृत्यु

एजेन्सी – अफ्रिकी मुलुक अल्जेरियामा गुडिरहेको बस पुलबाट नदीमा खस्दा

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं– नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन्

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी– सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी