मुलुकको आर्थिक स्थिति चलायमान बनाउन सहकारीको भूमिका महत्त्वपूर्ण « Khabarhub

मुलुकको आर्थिक स्थिति चलायमान बनाउन सहकारीको भूमिका महत्त्वपूर्ण


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको आर्थिक स्थिति चलायमान बनाउन सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरको आज यहाँ आयोजित ११ औँ साधारणसभा एवं सम्मान कार्यक्रममा तीन जना उत्कृष्ट ऋणी र बचतकर्तालाई सम्मान गर्दै उनले सहकारीले सानासाना पूँजीको संरक्षण गरी बेरोजगारी समस्या समाधान एवं समाज विकास निर्माणमा टेवा पुर्‍याएको धारणा राखे । उनले सहकारी अनुगमन र नियमनबाट चल्ने सहकारीप्रति केही नकारात्मक सोच हट्ने विश्वास व्यक्त गरे। 

पत्रकारले समाचार सम्प्रेषण गर्दा सत्यतथ्य उजागर गर्दा समाजमा रहेका कुरीतिलाई हटाउन मद्दत पुग्ने प्रदेश प्रमुख खापुङले बताए। संस्थाका अध्यक्ष मोहनप्रसाद भण्डारी, नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरे, मोरङ अध्यक्ष सञ्जीव खनाल र सहकारीका माधव अधिकारीले आगामी दिन पत्रकार सुरक्षाकोष स्थापना गर्ने र सञ्चारकर्मीको क्षमता वृद्धि गर्न क्रियाशील रहने बताए।

सो अवसरमा असल ऋणी, बचतकर्ता गरी तीन सञ्चारकर्मी भोजराज घिमिरे, धनकुमारी थापा र श्यामसुन्दर सुतिहारलाई सम्मान गरियो । विसं २०६९ मा स्थापित सहकारीमा एक सय १६ जना सदस्यको २१ लाख २० हजार चुक्ता पूँजी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : ५१ बजे

तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य छैन : वर्षमान

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते

चीनले नेपाली विद्यार्थीका लागि ४ एमबीबीएससहित ३३ छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं– चीन सरकारले नेपाली विद्यार्थीहरूका लागि एमबिबिएस सहित विभिन्न विषयमा

पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू