‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह « Khabarhub

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड एस’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। फिल्म ‘अवतार : फायर एण्ड एस’ जेम्स क्यामरुनले  निर्देशन गरेका हुन् ।

 ‘अवतार’ श्रृङ्खलाका अघिल्ला दुई भागहरू सर्वकालीन कमाउने विश्व फिल्मको शीर्ष पाँच सूचीमा क्रमशः पहिलो र तेस्रो स्थानमा रहेका थिए।  नेपालमा दर्शकहरूको उत्साह हेर्दा फिल्मको लोकप्रियता स्पष्ट देखिन्छ। नेपालमा यो फिल्मको एडभान्स  बुकिङ ११ दिनअघि सुरु भइसकेको छ।   

सिनेपा : बक्सअफिसका अनुसार मंगलबार ८ हजार ३४६ वटा टिकट बिक्री भइसकेका छन्। टिकट बिक्रीबाट फिल्मले ३६ लाख ४० हजार ४८० रुपैयाँ नेरु ग्रस कमाएको छ।  बिहीबार बेलुकासम्म एडभान्स बिक्री ४५ देखि ५० लाख रुपैयाँ पार गर्न सक्ने देखिन्छ।

नेपालमा यो हलिउड फिल्मले भारतीय वा नेपाली फिल्मपछि तेस्रो ठूलो वित्तीय आकार ओगट्ने सम्भावना देखिन्छ । फिल्मको कथा, भिजुअल प्रभाव र विश्वव्यापी लोकप्रियता हेर्दा नेपाली बक्सअफिसमा पनि उत्कृष्ट प्रदर्शन हुने सम्भावना छ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ३ : ५४ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा