चीनले नेपाली विद्यार्थीका लागि ४ एमबीबीएससहित ३३ छात्रवृत्ति उपलब्ध गराउने « Khabarhub

चीनले नेपाली विद्यार्थीका लागि ४ एमबीबीएससहित ३३ छात्रवृत्ति उपलब्ध गराउने


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीन सरकारले नेपाली विद्यार्थीहरूका लागि एमबीबीएस सहित विभिन्न विषयमा कुल ३३ छात्रवृत्ति उपलब्ध गराउने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा चिकित्सा शिक्षा आयोगले उक्त छात्रवृत्तिका लागि आवेदन प्रक्रिया अघि बढाएको छ ।

चिनियाँ सरकारी छात्रवृत्ति कार्यक्रमअन्तर्गत एमबीबीएस कार्यक्रमका लागि ४ सिट छुट्याइएको छ । त्यसैगरी स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि पिएचडी तहमा इन्जिनियरिङ, मेडिकल साइन्स, सूचना प्रविधि, अर्थशास्त्र, व्यवस्थापन, कृषि तथा पशु विज्ञान, शैक्षिक व्यवस्थापनलगायत विभिन्न विषयमा छात्रवृत्ति प्रदान गरिनेछ ।

चिकित्सा शिक्षा आयोगका अनुसार  एमबीबीएस तर्फ आवेदन दिन इच्छुक उम्मेदवारले लाइन आवेदन दिनुपर्नेछ। एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भई योग्यताक्रममा परेका उम्मेदवारहरूबाट छात्रवृत्तिका लागि छनोट गरिनेछ ।

त्यस्तै, स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहका लागि आवेदन दिने उम्मेदवारहरूले आवश्यक शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, पासपोर्टको प्रतिलिपि तथा अन्य तोकिएका कागजातसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखा, सानोठिमी, भक्तपुरमा आवेदन पेश गर्नुपर्ने जनाइएको छ ।

आयोगका अनुसार स्नातक तहका लागि २५ वर्ष, स्नातकोत्तर तहका लागि ३५ वर्ष र विद्यावारिधि तहका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । विद्यावारिधि तहमा अर्थशास्त्र, इन्जिनियरिङ, मेडिकल साइन्स, सूचना प्रविधि, व्यवस्थापन, शैक्षिक व्यवस्थापन तथा कृषि तथा पशु विज्ञान विषयमा कुल ९ सिट छुट्याइएको छ ।

आवेदन बुझाउने अन्तिम मिति तहअनुसार फरक-फरक तोकिएको छ । सम्बन्धित निकायले समयमै आवेदन दिन र आवश्यक प्रक्रिया पूरा गर्न इच्छुक विद्यार्थीहरूलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ४ : १५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन