माघे सङ्क्रान्तिमा धादिङको धुवाँकोटमा गोरु जुधाई प्रतियोगिता हुने | Khabarhub Khabarhub

माघे सङ्क्रान्तिमा धादिङको धुवाँकोटमा गोरु जुधाई प्रतियोगिता हुने


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माघे सङ्क्रान्तिको अवसर पारेर धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटस्थित भङ्गेरीमा गोरु जुधाई र कृषि तथा हस्तकला प्रदर्शनीको आयोजना हुने भएको छ ।

नीलकण्ठ नगरपालिकाको सहयोगमा संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन केन्द्र धुवाँकोटले मेलाको आयोजना गरेको हो । परम्परादेखिनै गोरु जुधाउँदै आएको धुवाँकोटको भङ्गेरीमा यस वर्ष १७ हल गोरु जुधाइने केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।

“धुवाँकोटमा पहिलादेखिनै गोरु जुधाइने गरिएको थियो, केही वर्ष रोकिएको गोरु जुधाईलाई २०७१ सालदेखि व्यवस्थितरुपमा आयोजना गर्दै आएका छौँ”, उनले भने । धुवाँकोट ऐतिहासिक महत्वका नौमध्ये एउटा महत्वपूर्ण कोट हो । विशेष गरी धुवाँकोटमा पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा मद्दत पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको केन्द्रका सदस्य सुमन अधिकारीले बताए ।

गोरु जुधाउन उमेर, आकार र क्षमता हेरेर चार समूहमा विभाजन गरिएको अधिकारीले बताए । पहिलो समूहमा तीन हल गोरु, दोस्रो समूहमा छ हल तथा तेस्रो र चौथो समूहमा चार/चार हल गोरु रहेका छन् ।

पहिलो समूहको विजेता गोरुधनीले १२ हजार, उपविजेता गोरुधनीले १० हजार, दोस्रो समूह विजेता र उपविजेताले क्रमशः १० हजार र आठ हजार तथा तेस्रो समूहले आठ हजार र छ हजार रुपैयाँ पुरस्कार पाउने छन् । त्यस्तै चौथो समूहको विजेता गोरुधनीले चार हजार र उपविजेता गोरुधनीले दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

गोरु जुधाइने स्थान नीलकण्ठ नगरपालिका–१४ धुवाँकोट भङ्गेरी धादिङबेँसीबाट १२ किलोमिटरको दूरीमा पर्छ । गोरुलाई माघे सङ्क्रान्तिमा जुधाएर मनोरञ्जन लिने चलन धादिङ, नुवाकोट र रसुवामा पाइन्छ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ तारुका आउँदा भान्जालाई देखाउनको लागि सुरु गरिएको गोरु जुधाउने परम्परा पछिल्ला वर्षमा धादिङमा पनि सुरु भएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ८ : ११ बजे

गगने खोलाको पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध

कालिकोट – कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ। कालिकोटको शुभकालिका

बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम

झापा– झापाको बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको

पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते

लिस्बन – पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको

सुकुम्वासीभन्दा अव्यवस्थित बसोबासी बढी

बागलुङ– बागलुङमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीभन्दा अव्यवस्थित बसोबासी १३ गुणा

पूर्व राष्ट्रपतिको सदस्यता विवाद होइन, आकाङ्क्षा र निर्णयबीच अन्तर विरोध हो : एमाले महासचिव

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको