'पिरिम नलाउने' गीतको भ्युज १० करोड नाघ्यो | Khabarhub Khabarhub

‘पिरिम नलाउने’ गीतको भ्युज १० करोड नाघ्यो


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक आशिष सचिन र गायिका मेलिना राईको स्वर रहेको ‘पिरिम नलाउने’ बोलको गीतको भिडियोले युट्युबमा १० करोड भ्युज पाएकोमा खुशियाली मनाइएको छ।

पिरिम नलाउने टिमले काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा र ओएसआर डिजिटलका महाप्रबन्धक ओम अग्रवालको हातबाट केक काटेर १० करोड भ्युज पाएकोमा खुशीयाली मनाएको हो ।

सो अवसरमा वरिष्ठ संगीतकार बास्कोटाले निर्माण युनिटको खुलेर तारिफ गर्दै मनमुटुमा बस्न सफल गीत नेपाली दर्शकलाई दिनु प्रशंसाको विषय भएको बताए । उनले गायक आशिष र संगीतकार दीपक शर्माको जमेको जोडीको पनि प्रशंसा गर्न छुटाएनन् । गायक आशिषले १० करोड क्लब तथा नेपालको सबैभन्दा बढी हेरिनेमा चौथो स्थानमा आफ्नो गीत पर्दा खुशीको सिमाना नरहेको बताए । उनले ‘पिरिम नलाउने’ को सफलताले अझै राम्रो गीत दिनुपर्ने जिम्मेवारी थपेको बताए ।

संगीतकार शर्माले आफ्नो सृजना पिरिम नलगाउने सबैको प्रिय बन्दा आँफु पनि सबैको मन मनमा जोडिन पाएकोमा खुसी व्यक्त गरे । भिडियोका निर्देशक सुब्रतराज आचार्यले आफूलाई फेरि पनि यस्तै काम गर्न मन लागेको भन्दै ५ वर्षअघि भिडियो छायांकन गरिएको फर्पिङको डाँडाको नाम नै पिरिम नलाउने डाँडो राखिएको रोचक किस्सा सुनाए ।

गायक हिमाल सागर, वरिष्ठ फिल्म सम्पादन नरेन्द्र खड्का लगायतको उपस्थिति रहेको कार्यक्रममा गीतसँग सम्बन्धित सबै पक्षलाई मायाको चिनो तथा सम्मान पत्र प्रदान गरिएको थियो । ओएसआर डिजिटलबाट रिलिज गरिएको पिरिम नलाउनेमा नायिका वर्षा राउतसँगै गायक आषिशको अभिनय रहेको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज, उत्सब दाहालको छायांकन, नबिन निरौलाको सम्पादन रहेको छ । जसमा गम्भिर विष्टको कोरियोग्राफी रहेको छ ।

हेर्नुस् भिडिओ

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ८ : ३४ बजे

रोकिएन उपत्यकामा पटका पड्काउने क्रम

काठमाडौं– काठमाडौँ उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने क्रम

पर्वतको नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना

पर्वत– फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी

अध्यायनको निष्कर्ष- दुखाई कम गर्ने पेनकिलरले बढाउदैछन् दुख 

काठमाडौं– टाउको दुख्दा एस्पिरिन लिन्छौं । यदि मांसपेशीमा दुखाइ छ

तिहारको झिलिमिलीमा चम्किएको परनिर्भरता

काठमाडौं – नेपालीहरूको दोस्रो ठूलो चाड तिहारलाई फूल र झिलिमिली

भक्तपुरका नेवार समुदायले भोलि भाइटीका मनाउने

भक्तपुर– यहाँका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक