विवेकशील साझाको नयाँ नेतृत्व चयन आज « Khabarhub

विवेकशील साझाको नयाँ नेतृत्व चयन आज


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सकिनेछ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार सुरु भएको महाधिवेशनमा आज नयाँ नेतृत्व चयन हुने निर्वाचन कार्यक्रम रहेको छ।

नेतृत्वका लागि वर्तमान अध्यक्ष समीक्षा बाँस्कोटा, पूर्व संयोजक मिलन पाण्डे र प्रकाशचन्द परियारले आकांक्षा व्यक्त गरेका छन् ।

शुक्रबार बेलुकीसम्म बन्दशत्र चलेको थियो। निर्वाचन समितिका संयोजक केशव दाहालले पेश गरेको राजनीतिक दस्ताबेज र रमेश पौडेलले पेस गरेको प्रस्तावित विधान माथि छलफल भएको छ।

महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ९ : ०५ बजे

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।