फिफा वर्ष खेलाडीमा मेस्सीसहित तीन मनोनयन, रोनाल्डो परेनन् « Khabarhub

फिफा वर्ष खेलाडीमा मेस्सीसहित तीन मनोनयन, रोनाल्डो परेनन्


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लियोनल मेस्सी, केलियन एमबाप्पे, करिम बेन्जेमा द वेष्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका छन् ।

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीन जनाको नाम तय भएको हो ।

सन् २०२१ अगस्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरूलाई छनोट गरिएको हो ।

सन २०१८ वाट सुरु भएको यो अवार्डका लागि मेस्सी अन्तिम तीनमा पर्न एक पटक मात्र असफल भएका खेलाडी हुन । यी तीन मध्ये सन् २०१९ मा अर्जेन्टिनाका कप्तान मेस्सीले द वेष्ट फिफा अवार्ड जितिेसकेका छन् । मेस्सी मनोनयनमा नपरेको २०१८ को संस्करणमा लुका मोड्रिचले जितेका थिए भने पछिल्लो दुई सिजन रोर्बेटो लेवान्डोस्कीले द बेष्ट फिफा अवार्ड जितेका छन् ।

तर, यस बर्षको उत्कृष्ट खेलाडी मनोनयनमा रोनाल्डो भने मनोनयनमा परेनन् । यसअघि उनी प्रायः पर्दै आएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ९ : १६ बजे

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम