मूल्य निर्धारण तथा बजार सुनिश्चितताको माग « Khabarhub

मूल्य निर्धारण तथा बजार सुनिश्चितताको माग


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अखिल नेपाल किसान महासङ्घले तत्काल स्वदेशी कृषि वस्तुको उचित मूल्य निर्धारण गरी बजारको सुनिश्चितता गर्न माग गरेको छ। महासङ्घले शुक्रबार यहाँ आयोजना गरेको पत्रकारसँगको छलफलमा महासङ्घका अध्यक्ष बलराम बास्कोटाले उत्पादनको समुचित बजार र मूल्य नपाउँदा किसान ऋणमा डुब्दै जाने र विचौलिया तथा व्यापारी मोटाउने अवस्था रहेको बताउँदै खाद्य सम्प्रभुताको कार्यान्वयनमार्फत कृषि पेसालाई मर्यादित, आय र रोजगारीमूलक बनाउन सरकार संवेदनशील हुनुपर्ने बताए।

कृषिमा आधारित अर्थतन्त्र रहेको हाम्रो देशमा बहुसङ्ख्यक जनता कृषिमा संलग्न रहेको उल्लेख गर्दै उनले भने, “कृषि उत्पादनले संरक्षण नपाउँदा एकातिर कृषि पेसाप्रतिको विकर्षण बढ्दो छ भने अर्कोतिर व्यावसायिक किसानले उत्पादित वस्तुको उचित मूल्य नपाएको अवस्था छ।” कृषि क्षेत्रको विकासका लागि किसानलाई आवश्यक मल, बीउबिजन आदि समयमै उपलब्ध गराउनु र उत्पादित वस्तुको बजारको ग्यारेण्टी गर्नु राज्यको प्रमुख दायित्व भएको अध्यक्ष बाँस्कोटाको भनाइ थियो।

महासङ्घका महासचिव प्रमेश पोखरेलले नेपाली किसानको आन्दोलनबाट स्थापित खाद्य सम्प्रभुताको अधिकार भनेको किसानको समृद्धि र कृषि क्षेत्रको रुपान्तरणसँग जोडिएको बताउँदै किसानले आफ्ना उपज सडकमा फ्याँकेर गरेको आन्दोलनबाट सरकार गम्भीर भएर उनीहरुलाई तत्काल बाह्य बजारबाट सुरक्षित गर्नुपर्नेमा जोड दिनुभयो।

विभिन्न वामपन्थी किसान सङ्घ सङ्गठनको साझा संस्थाका रुपमा स्थापित उक्त महासङ्घले मल, बीउ, सिँचाइलगायत समस्याको समाधान गर्न सरकारलाई ध्यानाकर्षण गर्दै आएको छ भने किसानले उत्पादन गरेको वस्तु सडकमा फ्याँक्नुपर्ने अवस्थाप्रति दुःख व्यक्त गरेको छ। महासङ्घद्वारा ‘स्वदेशी कृषि उत्पादनको प्रवद्र्धन गर कृषि क्षेत्रलाई खुला बजारबाट सुरक्षित गर’ भन्ने नाराका साथ देशभर विभिन्न अभियान सञ्चालन गरेको जनाइएको छ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १२ : ३० बजे

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा