खोटाङका बरुण घले थाइल्याण्डमा म्याक्स मुआथाई फाइटमा भिड्दै « Khabarhub

खोटाङका बरुण घले थाइल्याण्डमा म्याक्स मुआथाई फाइटमा भिड्दै


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठ्माडौँ – थाइल्याण्डका मुआथाई फाइटरलाई हराउँदै नेपालकै पहिलो खेलाडीको इतिहार रचेका बरुण घले गुरुङ थाइल्याण्डमा आइतबार हुने म्याक्स मुआथाई फाइटमा भिड्दैछन्। नेपालबाट थाईल्याण्ड पुगेर व्यवसायीक रुपमा मुआथाई खेल्न सुरु गरेका बरुणले म्याक्स मुआथाई स्टेडियममा म्याक्स मुआथाई फाइटमा भिड्न लागेका हुन्।

मुआथाईमा संघर्ष गर्नेक्रममा नेपालबाट थाइल्याण्ड पुगेका बरुणले ५५ केजी तौल समुहमा थाइल्याण्डकै फाइटरसँग प्रोफेसनल मनी फाइटमा प्रतिष्पर्धा गर्ने तयारी गरेका छन्। इरावान मुआथाई फाइट टिमबाट प्रतिष्पर्धामा प्रतिष्पर्धा गर्न लागेको बरुणले बताए। प्रतियोगीता म्याक्स मुआथाई स्टेडियमबाट लाइभ हेर्न सकिने छ। गत माघ ६ गते थाइल्याण्डको राजादम्नर्न स्टेडियममा भएको प्रतियोगीतामा बरुणले ५७ केजी तौल समुहमा मुआथाई प्रतियोगीतामा विजयी हुने पहिलो नेपाली फाइटरको इतिहास बनाएका थिए।

खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका गुरुङले मुआथाईका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। गुरुङले नेपालका विभिन्न प्रतियोगीतामा आफ्ना प्रतिष्पर्धीलाई छोटो समयमा नकआउट गरेको इतिहास बनाइसकेका छन्।

थाइल्याण्डको युद्धमा थाइ आर्मीबाट सुरु भएको र प्रयोग गरिएको मुआथाई थाइल्याण्डको राष्ट्रिय खेल हो। हात खुट्टा भाँचिने र अनुहार बिग्रिने भएकाले यस खेललाई जोखिमपूर्ण मानिन्छ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १ : ०६ बजे

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा