राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको हमलाको विरोधमा प्रदर्शन « Khabarhub

राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको हमलाको विरोधमा प्रदर्शन


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सकमाथि भएको हातपातको विरोधमा माइतीघर काठमाडौँमा विरोध प्रदर्शन भएको छ ।

११:३० मा विरोध प्रदर्शन हुने भनिए पनि झन्डै १ बजे भएको प्रदर्शनमा प्रदर्शनकारी भन्दा प्रहरी धेरै जम्मा भएका थिए । प्रहरीको लाठीचार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका थिए।

आफू चिकित्सक भएको र वीर अस्पताल जान लागेको भन्दै कार्ड देखाउँदासमेत सुरक्षाकर्मीले उनको कार्ड खोसेर लाठी प्रहार गरेको सेन्टरका निर्देशक डा.रुद्र मरासिनीले बताएका थिए। गम्भीर घाइते सिंहको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए । उनको टाउँकोमा चोट लागेको छ।

सोही घटनाको विरोधमा शुक्रबार पनि चिकित्सकहरुले ट्रमा सेन्टरअगाडिको सडकमा प्रर्दशन गरेका थिए। त्यस क्रममा चिकित्सक र प्रहरीबीच भनाभन पनि भएको थियो ।

नजिकै निर्मला कुर्मीलाई न्यायको माग गर्दै डेढ महिनादेखि धर्नामा बसिरहेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १ : २४ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा