जलवायु परिवर्तनको मारमा नेपाली पर्यटन | Khabarhub Khabarhub

जलवायु परिवर्तनको मारमा नेपाली पर्यटन

आत्मनिर्भर पर्यटन संरक्षणमा सरकारी कार्यक्रम आवश्यक


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पछिल्लो समय नेपालका हिमालहरु सेता हुनुका पछाडि काला देखिन्छन् । हिमाल नै काला देखिएपछि हिमालयको सौन्दर्य विस्तारै हराउँदै गएको छ । यसले नेपालको पर्यटनमा कालान्तरमा गम्भीर असर पार्ने चुनौति छ ।

हिमाल काला देखिनु, यसले चुनौति थपिनु र विस्तारै तापक्रम बढ्नु जस्ता गतिविधि जलवायु परिवर्तनका असरहरु हुन् । यस्तै जलवायु परिवर्तनले गर्दा नै यस वर्ष हिउँदमा पानी पर्न सकेन । पानी नपर्दा काठमाडौँ उपत्यका आसपासमा हिउँ पर्न सकेन ।

जसकारण यस वर्षको हिउँद हिउ नपर्दा हिउँ नै हेर्न नपाइने हो कि भन्ने चिन्ता वातावरणकर्मीमा पुगेको छ । पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि बढ्दै जाँदा पर्यटनमा जलवायु परिवर्तन जस्ता ठूला चुनौति पनि देखिएका छन् ।

पछिल्लो समय नेपाली हिमालहरुमा तापक्रम बढेर हिउँ पग्लनुका पछाडि भारत र चीनमा बढ्दो औद्योगिकरण जिम्मेवार रहेको कथन छ । यसका पछाडि दुई वटा सत्य तथ्य देखिन्छन् । पहिलो चीन र भारतबाट उत्सर्जन हुने कार्बन नेपालको आकाशमाथि पनि थुपारिएको छ । जसको असर सोझै नेपालका हिमटाकुरामा देखिएको छ ।

पछिल्लो समय सगरमाथा आसपासका हिमालमा हिउँ पग्लिदै गएको छ । अन्नपूर्ण वरपर पनि हिउँ पग्लिदो छ । जसकारण काठमाडौँ उपत्यकाबाट देखिने हिमालहरु देखिन मुश्किल भएको छ । देखिएको हिमालमा पनि पर्याप्त हिउँ छैन । केवल काला पहाड मात्रै देखिएका छन् ।

हिउँ पग्लिदा हिमाली पर्यटन ठूलो जोखिममा छ । आरोही हिमाल चढ्न जाँदा दुर्घटना भएर ठूलो जनधनको क्षति हुने अनुमान गर्न सकिन्छ । केही महिनाअघि मनास्लुमा हिमपहिरो जाँदा धेरै आरोही घाइते भएका थिए ।

जलवायु परिवर्तनको असर हिमाल मात्रै नभई पहाडी क्षेत्रमा पनि छ । पहाडभन्दा बढी तराई क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दो छ । तराईमा गर्मी हुनु, गर्मीले गर्दा जनजीवनमा असर पर्नु, तालतलैया सुक्नु, जलचरलाई क्षति गर्नु जस्ता कुराले अबको पर्यटन चुनौतिपूर्ण अवस्थामा छ ।

नेपालका सुन्दर पर्यटकीय गाउँ ठाउँ र क्षेत्रलाई जोगाइराख्न कम्तीमा नेपालले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि ठोस कदम चाल्न आवश्यक छ । त्यो कदमले मात्रै नेपालको भविष्य र पर्यटन क्षेत्रको आशा कायमै राख्न सक्छ । अन्यथा, यसले भोलिका दिनमा झन् जटिल अवस्था ल्याउन सक्छ ।

धेरै कुरामा परनिर्भर रहेको नेपाल पर्यटनमा भने सबैभन्दा धेरै आत्मनिर्भर छ । नेपालको आत्मनिर्भरता जोगाउने र विदेशी मुद्रा भित्र्याउनका लागि अब पर्यटनलाई नै मुख्य पेशा र संरक्षण गर्न जरुरी भइसकेको छ ।

यसका लागि सरकारले चरणबद्ध कार्यक्रम घोषणा गरेर आगामी दिनमा निर्णायक कार्यान्वयन गराउन आवश्यक छ । अन्यथा, नेपालको पर्यटन झन् गम्भीर मोडमा पुग्नेमा धेरै खतरा छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १० : ५८ बजे

सिस्नेरी–दक्षिणकाली सडकखण्ड १२ दिन बन्द

मकवानपुर– सिस्नेरी–दक्षिणकाली सडकखण्ड आजदेखि १२ दिनका लागि बन्द गरिएको छ

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

परराष्ट्रमन्त्री राणाबाट विपिन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको अपहरणमा परेका

दुई अर्बको टेक्सटाइल र एक अर्ब बढीको चिया निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को दुई महिनामा नेपालबाट झण्डै

थुनुवा भाग्नुमा प्रहरीको चरम लापरबाही, छानविन गर्न समिति गठन 

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट थुनुवा फरार भएको घटनाको