मुलुकमा बलियो गठबन्धन आवश्यक : पूर्वउपप्रधानमन्त्री सिंह « Khabarhub

मुलुकमा बलियो गठबन्धन आवश्यक : पूर्वउपप्रधानमन्त्री सिंह


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकमा बलियो गठबन्धन आवश्यक भएको बताएका छन् ।

नेपाल प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले राजनीतिक स्थायित्वका लागि बलियो राजनीतिक गठबन्धनको खाँचो रहेको बताए ।

“मुलुक र जनताको हितका निमित्त राजनीतिक समीकरण फेरबदल भइरहन्छन्, अब पनि आवश्यकताअनुसार राजनीतिक समीकरण बदलिनुलाई स्वाभाविक मान्नुपर्छ” उनले भने ।

सुदूरपश्चिम प्रदेशमा सरकार फेरबदलको प्रसङ्ग कोट्याउँदै नेता सिंहले अहिलेको गठबन्धन दिगो रुपमा जान नसकेको आरोप लगाए ।

सङ्घीयतालगायत उपलब्धि कार्यान्वयनसँगै मुलुकको हितका लागि बलियो गठबन्धन आवश्यक भएको उनको भनाइ थियो ।

कांग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि सरकारका राम्रा कामलाई साथ र सहयोग गर्ने उद्देश्यअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताए ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ४ : १४ बजे

आज निर्जला एकादशी, वैदिक सनातन धर्मावलम्बीले घरका मठमा तुलसीको दल राख्दै

काठमाडौँ– वैदिक सनातन धर्मावलम्बीले आज आआफ्नो घरको मठमा तुलसीको दल

विश्वकप गोलकर्ता : मेसीलाई पछ्याउँदै एम्बाप्पे, हालान्ड र भिनिसियस

काठमाडौँ – फिफा विश्वकपको शीर्ष गोलकर्ताको दौडमा अर्जेन्टिनाका कप्तान तथा

भेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता

काठमाडौँ – पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह