लुम्बिनी प्रदेशकी मन्त्री कृष्णा केसीद्वारा राजीनामा « Khabarhub

लुम्बिनी प्रदेशकी मन्त्री कृष्णा केसीद्वारा राजीनामा


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशका बिना विभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छिन् । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै उनले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिएकी हुन् ।

गत पुस २८ गते केसीले बिना विभागीयमन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन् ।

मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गरेको उनको निजी सचिवालले जनाएको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेकी केसीको राजीनामा सरकारसँगको असन्तुष्टिका कारण नभएको मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । उनले भने, “मन्त्री केसीको राजीनामा उहाँको पार्टीभित्रको समस्या होला, सरकारसँगको असहमतिबाट होइन ।”

मुख्यमन्त्री गिरी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत पाएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ४ : ५१ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ