पाँच वर्षसम्म प्रदेशको न्वारन हुन सकेन, मलाई लज्जाबोध भइरहेको छ : मुख्यमन्त्री कार्की « Khabarhub

पाँच वर्षसम्म प्रदेशको न्वारन हुन सकेन, मलाई लज्जाबोध भइरहेको छ : मुख्यमन्त्री कार्की


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९औँ जिल्ला सभा अधिवेशनमा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति आलोचना भइरहेकाले प्रदेश सरकारलाई जनतामुखी बनाउन आफू लागिपरेको बताए । उनले भने, “मैले कार्यभार सम्हालेपछि पहिलो बैठकमै नौवटाभन्दा बढी मन्त्रालय नबनाउने निर्णय गरेको छु ।” प्रदेश सरकार सञ्चालनका लागि सातभन्दा बढी मन्त्रालय आवश्यक नभएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

प्रदेश सरकारप्रति सकारात्मक आलोचनाको समेत गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरे । प्रदेश सरकारको संचरना बनाउने कामसमेत बाँकी रहेकाले संरचना बनाउने काम अघि बढाइएको उनले बताए । मुख्यमन्त्री कार्कीले छिट्टै प्रदेशको नामकरण गरिने बताए । “पाँच वर्षसम्म प्रदेशको न्वारन हुन सकेन”, उनले भने, “प्रदेशको नामकरण हुननसक्दा मलाई लज्जाबोध भइरहेको छ ।” प्रदेशको नामकरणका लागि सबैको सुझाव, सल्लाह आवश्यक रहेकोसमेत उनले बताए ।

कार्यक्रममा रेवतीरमण नेपाल स्वयम्सेवा सम्मानबाट तीनजनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा नारायण ढुङ्गाना, दिव्यप्रसाद भुर्तेल र तुलसी काफ्ले रहेका छन् । नगद ११ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला ओढाएर मुख्यमन्त्री कार्की, पुरस्कारका संरक्षक वेदकुमारी नेपाल र रेडक्रस झापाका सपभाति लोकराज ढकालले उनीहरुलाई सम्मानित गरेका थिए । यस्तै जिल्लामा धेरै रक्तदान गर्ने विरता लेडी जेसिज, तेरापन्थ युवा परिसद् र विराट अर्जुन उपभोक्ता सहकारीलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ५ : १८ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र