खोटाङको खार्पामा १० शय्याको अस्पतालको निर्माण कार्य अधुरै « Khabarhub

खोटाङको खार्पामा १० शय्याको अस्पतालको निर्माण कार्य अधुरै


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित १० शय्याको अस्पताल निर्माण कार्य अधुरै छ । अस्पताल निर्माणका लागि गाउँपालिकाले तयार पारेको विस्तृत परियोयोजना प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत नगरेका कारण अस्पताल निर्माण अधुरै रहेको हो ।

प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने सरकारको नीतिअनुसार खार्पामा अस्पताल निर्माणका लागि सरकारले गाउँपालिकालाई नक्सा पठाएको थियो । सात करोड ५७ लाख ५१ हजार रुपैयाँको लागतमा ३७ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७८ असारमा महादेव खिम्ती–अन्जान रुजन जेभीले निर्माणको ठेक्का लिएको थियो । विसं २०७७ मङ्सिर १५ मा स्वास्थ्य चौकीलाई दश शय्याको अस्पतालमा रुपान्तरण गर्ने गरी तत्कालीन सांसद विशाल भट्टराई र तत्कालीन गाउँपालिका प्रमुख लीलानाथ निरौलाले भवनको शिलान्यास गरेका थिए ।

भवन निर्माणको करिब २० प्रतिशत काम सकिएपछि मापदण्डअनुसार डिपिआर नभएको पाइएको निर्माण कम्पनीका प्रतिनिधि ध्रुव श्रेष्ठले बताए । निर्माण कम्पनीले ९० लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । गत जेठदेखि भवन निर्माण ठप्प छ । नयाँ डिपिआर स्वीकृत हुने बित्तिकै काम अघि बढ्ने श्रेष्ठको भनाइ छ ।

रावाबेँसीसँगै जिल्लाका चार स्थानीय तहमा २०७७ मङ्सिरमा एकसाथ अस्पताल भवन शिलान्यास गरिएको थियो । अन्य स्थानीय तहमा पनि भवन निर्माणाधीन अवस्थामा छन् । साकेला र केपिलासगढी गाउँपालिकाले भने स्थानीयस्तरमा अस्पताल निर्माण गरिरहेका छन् । दिप्रुङ चुइचुम्मा, खोटेहाङ र बराहपोखरीमा हालसम्म अस्पताल नयाँ निर्माण हुन सकेको छैन ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ५ : ३२ बजे

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक

संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ

काठमाडौँ – सरकारले हालै जारी गरेका अध्यादेशलाई लिएर सडकदेखि सदनसम्म

रास्वपा सचिवालय बैठक बस्दै: महाधिवेशन कार्यविधि र विधान संशोधन मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय