शिक्षा क्षेत्रमा सुधार आवश्यक छ : प्रदीप पौडेल « Khabarhub

शिक्षा क्षेत्रमा सुधार आवश्यक छ : प्रदीप पौडेल


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा क्षेत्रमा सुधारको खाँचो औँल्याएका छन् । टोखा नगरपालिका–६ मा सञ्चालित एशिया प्यासिफिक स्कुलको प्रथम अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको विकासका लागि नेपालको शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको बताए।

“राज्यले शैक्षिक प्रणालीमा परिवर्तन गर्न आवश्यक छ, विद्यालय र विश्वविद्यालयमा धेरै विद्यार्थी राखेर भद्रगोल बनाउनुभन्दा कम विद्यार्थी राखेर गुणस्तरीय शिक्षा प्रदान गर्नसके नेपालको शिक्षा क्षेत्रमा सुधार हुन्छ,”– उनले भने । गुणस्तरीय शिक्षा प्रदान गर्न सरकारीभन्दा निजी विद्यालय अब्बल रहेको उनको भनाइ थियो ।

काठमाडौँ क्षेत्र नं ५ का सांसद पौडेलले नेपालको शिक्षा नीतिलाई कस्तो बनाउने भन्नेबारे सरोकारवालाबीच गम्भीर बहस आवश्यक रहेको बताए । दक्षजनशक्ति उत्पादन गर्न नसक्ने विश्वविद्यालय मुलुकको लागि काम नभएको उनको भनाइ थियो । नेता पौडेलले समाजलाई नेतृत्व गर्ने हतियार र बल नभएर विचार भएको उल्लेख गरे । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाले पछिल्लो समय प्राविधिक शिक्षालाई जोड दिन लागेको बताए ।

उनले प्राविधिक शिक्षा सुरु गर्ने टोखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई रु एक करोड अनुदान रकम उपलब्ध गराउने घोषणा गरे। निजी विद्यालयले पनि प्राविधिक शिक्षालाई अगाडि बढाए नगरपालिकाले सहयोग गर्ने उनको भनाइ थियो । टोखा नगरपालिका–६ की वडाअध्यक्ष शान्ता पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रलाई टोखाले प्राथमिकतामा राखेर आफ्ना कार्यक्रम अगाडि बढाएको बताए ।

सामुदायिकसँगै निजी विद्यालयको पक्षमा नगरपालिकाले काम गर्ने उनको भनाइ थियो । विसं २०७७ मा स्थापना भएको एशिया प्यासिफिक विद्यालयले पढाइसँगै योगा, गीतसङ्गीत, खेलकुदलगायतका अतिरिक्त क्रियाकलापलाई समेत अगाडि बढाउँदै आएको सो विद्यालयका प्राचार्य रमेश घिमिरेले जानकारी दिए । एशिया प्यासिफिक विद्यालयले काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर शिक्षकलाई तालिम तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ८ : ३४ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको