खानेपानीमन्त्री खाँनद्वारा ‘मिनरल वाटर’ आयोजनाको निरीक्षण « Khabarhub

खानेपानीमन्त्री खाँनद्वारा ‘मिनरल वाटर’ आयोजनाको निरीक्षण


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खानेपानीमन्त्री अब्दुल खाँनले काभ्रेपलाञ्चोकको पनौतीस्थित नेपाल खानेपानी संस्थानअन्तर्गत ‘मिनरल वाटर’ आयोजनाको आज निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा मन्त्री खाँनले सरकारी खानेपानी आयोजना घाटामा जाँदा देशमा थप आर्थिक भारपर्ने भएकाले नाफामूलक कम्पनीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । “सरकारको लगानीमा रहेका हरेक खानेपानी आयोजना हरेक वर्ष घाटा मात्रै जाँदा अन्य आयोजनाको अवस्था निरूत्साहित हुँदै जान्छन्, त्यसैले सेवामूलक आयोजनालाई प्राथमिकता दिनुहोला”, मन्त्री खाँनले निर्देशन दिए।

साथै, उनले सरकारले उत्पादन गरेको खानेपानीको जार निजी कम्पनीकाभन्दा महँगो हुँदा उपभोगक्तालाई प्रत्यक्ष मार पर्ने भएकाले लागत कम गर्दै उत्पादन वृद्धि गर्न निर्देशन दिएका छन् । मन्त्री खाँनले खानेपानी मन्त्रालायबाट यस आयोजनालाई नाफामूलक अवस्थामा लैजानका लागि तत्काल अघि बढ्ने बताए ।

नेपाल खानेपानी संस्थानद्वारा विसं २०७४ देखि सञ्चालित उक्त आयोजनामा उत्पादनको सुरुआतदेखिनै घाटामा सञ्चालन भएको कर्मचारीले जानकारी दिएका छन् । लागतभन्दा उत्पादन कम भएकाले हरेक वर्ष करिब पचास लाख घाटा हुँदै गएको अवस्था रहेकाले उत्पादनमा तदारुकता देखाएकोप्रति स्थानीयवासीले जनगुनासो गर्दै आएका छन् । उत्पादित खानेपानीको माग राम्रो भए पनि उत्पादन क्षमता बढाउन नसकेको कम्पनीले हाल दैनिक तीन सय ५० जार मात्र पानी उत्पादन गर्दै आएको जनाइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ९ : ०३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको