खानेपानीमन्त्री खाँनद्वारा ‘मिनरल वाटर’ आयोजनाको निरीक्षण « Khabarhub

खानेपानीमन्त्री खाँनद्वारा ‘मिनरल वाटर’ आयोजनाको निरीक्षण


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खानेपानीमन्त्री अब्दुल खाँनले काभ्रेपलाञ्चोकको पनौतीस्थित नेपाल खानेपानी संस्थानअन्तर्गत ‘मिनरल वाटर’ आयोजनाको आज निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा मन्त्री खाँनले सरकारी खानेपानी आयोजना घाटामा जाँदा देशमा थप आर्थिक भारपर्ने भएकाले नाफामूलक कम्पनीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । “सरकारको लगानीमा रहेका हरेक खानेपानी आयोजना हरेक वर्ष घाटा मात्रै जाँदा अन्य आयोजनाको अवस्था निरूत्साहित हुँदै जान्छन्, त्यसैले सेवामूलक आयोजनालाई प्राथमिकता दिनुहोला”, मन्त्री खाँनले निर्देशन दिए।

साथै, उनले सरकारले उत्पादन गरेको खानेपानीको जार निजी कम्पनीकाभन्दा महँगो हुँदा उपभोगक्तालाई प्रत्यक्ष मार पर्ने भएकाले लागत कम गर्दै उत्पादन वृद्धि गर्न निर्देशन दिएका छन् । मन्त्री खाँनले खानेपानी मन्त्रालायबाट यस आयोजनालाई नाफामूलक अवस्थामा लैजानका लागि तत्काल अघि बढ्ने बताए ।

नेपाल खानेपानी संस्थानद्वारा विसं २०७४ देखि सञ्चालित उक्त आयोजनामा उत्पादनको सुरुआतदेखिनै घाटामा सञ्चालन भएको कर्मचारीले जानकारी दिएका छन् । लागतभन्दा उत्पादन कम भएकाले हरेक वर्ष करिब पचास लाख घाटा हुँदै गएको अवस्था रहेकाले उत्पादनमा तदारुकता देखाएकोप्रति स्थानीयवासीले जनगुनासो गर्दै आएका छन् । उत्पादित खानेपानीको माग राम्रो भए पनि उत्पादन क्षमता बढाउन नसकेको कम्पनीले हाल दैनिक तीन सय ५० जार मात्र पानी उत्पादन गर्दै आएको जनाइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ९ : ०३ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको