प्राविधिक शिक्षा आजको आवश्यकता : रमेश लेखक « Khabarhub

प्राविधिक शिक्षा आजको आवश्यकता : रमेश लेखक


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले आजको आवश्यकता प्राविधिक शिक्षा भएको बताएका छन् । आज महेन्द्रनगरमा बैजनाथ माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उनले सामुदायिक विद्यालयमा प्राविधिक धारका विषय पठनपाठनमा जोड दिनुपर्ने बताए ।

“पढाइपछि जीविकोपार्जन हुने शिक्षा आजको आवश्यकता हो”, उनले भने, “पढाई अनुसारको रोजगारी पाउने र आफ्नो र परिवारको आर्थिक उन्नति हुने खालको प्राविधिक शिक्षामा जोड दिनु आवश्यक छ ।” उनले सामुदायिक विद्यालयमा पढाइको गुणस्तर सुधार गर्नुपर्ने बताए । “सामुदायिक विद्यालयको गुणस्तर बढाउन जरुरी छ त्यसका लागि शिक्षक विद्यार्थीको नियमित अन्तक्रिया हुनुपर्छ ।”

नेता लेखकले भने– “राजनीतिमा लागेका शिक्षकलाई मेरो अनुरोध छ विद्यालय समयमा शिक्षा बाहेकका अन्य कुरा नगरौँ ।” उनले निर्वाचनको समयमा आफ्नो मताधिकार प्रयोग गरे पनि विद्यालयमा राजनीति गर्न नहुने बताए ।

बैजनाथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत कलौनीले आफू विद्यालयको गुणस्तर सुधारमा प्रतिबद्ध रहेको बताए । “सामुदायिक विद्यालयमा न्यून आयस्तर भएका जनताका छोराछोरी बढी हुन्छन् त्यसकारण उनीहरूको उज्ज्वल भविष्यका लागि शिक्षकले कुनै कसर बाँकी नराख्नु अनुरोध गर्छु”, उनले भने, “विद्यालयले न्यून शुल्कमा प्राविधिकधारका कक्षा सञ्चालन गर्ने छ ।” बैजनाथ माध्यमिक विद्यालयमा प्राविधिकधारतर्फ कृषि, कृषिबाली विज्ञान, इञ्जिनीयरिङका कक्षा सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ९ : २६ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा