प्राविधिक शिक्षा आजको आवश्यकता : रमेश लेखक | Khabarhub Khabarhub

प्राविधिक शिक्षा आजको आवश्यकता : रमेश लेखक


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले आजको आवश्यकता प्राविधिक शिक्षा भएको बताएका छन् । आज महेन्द्रनगरमा बैजनाथ माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उनले सामुदायिक विद्यालयमा प्राविधिक धारका विषय पठनपाठनमा जोड दिनुपर्ने बताए ।

“पढाइपछि जीविकोपार्जन हुने शिक्षा आजको आवश्यकता हो”, उनले भने, “पढाई अनुसारको रोजगारी पाउने र आफ्नो र परिवारको आर्थिक उन्नति हुने खालको प्राविधिक शिक्षामा जोड दिनु आवश्यक छ ।” उनले सामुदायिक विद्यालयमा पढाइको गुणस्तर सुधार गर्नुपर्ने बताए । “सामुदायिक विद्यालयको गुणस्तर बढाउन जरुरी छ त्यसका लागि शिक्षक विद्यार्थीको नियमित अन्तक्रिया हुनुपर्छ ।”

नेता लेखकले भने– “राजनीतिमा लागेका शिक्षकलाई मेरो अनुरोध छ विद्यालय समयमा शिक्षा बाहेकका अन्य कुरा नगरौँ ।” उनले निर्वाचनको समयमा आफ्नो मताधिकार प्रयोग गरे पनि विद्यालयमा राजनीति गर्न नहुने बताए ।

बैजनाथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत कलौनीले आफू विद्यालयको गुणस्तर सुधारमा प्रतिबद्ध रहेको बताए । “सामुदायिक विद्यालयमा न्यून आयस्तर भएका जनताका छोराछोरी बढी हुन्छन् त्यसकारण उनीहरूको उज्ज्वल भविष्यका लागि शिक्षकले कुनै कसर बाँकी नराख्नु अनुरोध गर्छु”, उनले भने, “विद्यालयले न्यून शुल्कमा प्राविधिकधारका कक्षा सञ्चालन गर्ने छ ।” बैजनाथ माध्यमिक विद्यालयमा प्राविधिकधारतर्फ कृषि, कृषिबाली विज्ञान, इञ्जिनीयरिङका कक्षा सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ९ : २६ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये