एक्स्पोले आर्थिक गतिविधि चलायमान बनाएको छ : मुख्यमन्त्री कार्की « Khabarhub

एक्स्पोले आर्थिक गतिविधि चलायमान बनाएको छ : मुख्यमन्त्री कार्की


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विभिन्न समयमा हुने ‘एक्स्पो’ले यस क्षेत्रको आर्थिक चलायमान बनाउन सहयोग पु¥याएको बताए ।

नेपाल उद्योग परिसङ्घ प्रदेश समितिद्वारा विराटनगर–२ स्थित शङ्करापुरमा माघ १९ गतेदेखि सञ्चालित ‘सिएनआइ कोसी एक्स्पो–२०७९’ को आज यहाँ आयोजित समापनका अवसरमा उनले प्रदेश सरकारले विराटनगरमा प्रदर्शनीस्थल निर्माणका लागि महानगरपालिकाले विवादरहित जग्गा र निजी क्षेत्रले नक्शा उपलब्ध गराए आगामी वर्षदेखि निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले शैक्षिक, धार्मिक, स्वास्थ्य उपचार, प्राकृतिक पर्यटक आवागमनका लागि विराटनगरमा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारको साथ र सहयोग सदैव रहने विचार राखे ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्रदेश सरकारले यस क्षेत्रमा निर्यातमूलुक उद्योग स्थापनामा सहज वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । प्रदेश नं १ का सामाजिक विकासमन्त्री वृद्धिकुमार राजभण्डारीले एक्स्पोले उत्तर दक्षिण, पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म जोडेर आर्थिक रुपमा चलखेल गर्न सफल रहेको धारणा राखे ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले त्रिदेशीय व्यापारी राजमार्गको रुपमा रहेको किमाथाङका–जोगबनी सडक अविलम्ब निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । परिसङ्घका अध्यक्ष भीम घिमिरे र सह–संयोजक गिरीजा शारडाले एक्स्पोमा मुलकका दूर्गम क्षेत्रका घरेलु तथा कृषि उत्पादनको प्रवद्र्धन गर्न सकेकोमा खुशी व्यक्त गरे।

दश दिनसम्म सञ्चालन भएका एक्स्पोमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका औद्योगिक उत्पादनका चार सय कक्ष राखिएको थियो । एक्स्पोमा वस्तु, सेवा बिक्री हुनुका साथै सन्ध्याकालीन साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । एक्स्पोमा नेपाल र भारतीय सीमावर्ती नगरका करिब चार लाख नागरिकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ९ : ४३ बजे

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८