एक्स्पोले आर्थिक गतिविधि चलायमान बनाएको छ : मुख्यमन्त्री कार्की « Khabarhub

एक्स्पोले आर्थिक गतिविधि चलायमान बनाएको छ : मुख्यमन्त्री कार्की


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विभिन्न समयमा हुने ‘एक्स्पो’ले यस क्षेत्रको आर्थिक चलायमान बनाउन सहयोग पु¥याएको बताए ।

नेपाल उद्योग परिसङ्घ प्रदेश समितिद्वारा विराटनगर–२ स्थित शङ्करापुरमा माघ १९ गतेदेखि सञ्चालित ‘सिएनआइ कोसी एक्स्पो–२०७९’ को आज यहाँ आयोजित समापनका अवसरमा उनले प्रदेश सरकारले विराटनगरमा प्रदर्शनीस्थल निर्माणका लागि महानगरपालिकाले विवादरहित जग्गा र निजी क्षेत्रले नक्शा उपलब्ध गराए आगामी वर्षदेखि निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले शैक्षिक, धार्मिक, स्वास्थ्य उपचार, प्राकृतिक पर्यटक आवागमनका लागि विराटनगरमा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारको साथ र सहयोग सदैव रहने विचार राखे ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्रदेश सरकारले यस क्षेत्रमा निर्यातमूलुक उद्योग स्थापनामा सहज वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । प्रदेश नं १ का सामाजिक विकासमन्त्री वृद्धिकुमार राजभण्डारीले एक्स्पोले उत्तर दक्षिण, पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म जोडेर आर्थिक रुपमा चलखेल गर्न सफल रहेको धारणा राखे ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले त्रिदेशीय व्यापारी राजमार्गको रुपमा रहेको किमाथाङका–जोगबनी सडक अविलम्ब निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । परिसङ्घका अध्यक्ष भीम घिमिरे र सह–संयोजक गिरीजा शारडाले एक्स्पोमा मुलकका दूर्गम क्षेत्रका घरेलु तथा कृषि उत्पादनको प्रवद्र्धन गर्न सकेकोमा खुशी व्यक्त गरे।

दश दिनसम्म सञ्चालन भएका एक्स्पोमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका औद्योगिक उत्पादनका चार सय कक्ष राखिएको थियो । एक्स्पोमा वस्तु, सेवा बिक्री हुनुका साथै सन्ध्याकालीन साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । एक्स्पोमा नेपाल र भारतीय सीमावर्ती नगरका करिब चार लाख नागरिकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ९ : ४३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको