निजी क्षेत्रका समस्या नियमनकारी निकायसामु पुर्‍याउँछौँ : वरिष्ठ उपाध्याक्ष ढकाल « Khabarhub

निजी क्षेत्रका समस्या नियमनकारी निकायसामु पुर्‍याउँछौँ : वरिष्ठ उपाध्याक्ष ढकाल


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश ढकालले निजी क्षेत्रका हरेक समस्या नियमनकारी निकायसामु पु¥याउन प्रतिबद्ध रहने बताएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घको २८औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले निजी क्षेत्रको ठूलो लगानी रहेको बैङ्किङ क्षेत्रले ब्याजदर बढाउँदा आम उद्योगी व्यवसायी मारमा परेको बताए ।

आर्थिक गतिविधिका लागि दाङ सम्भावना बोकेको ठाउँ भएको बताउँदै उपाध्यक्ष ढकालले यहाँको कृषि, पर्यटन जस्ता क्षेत्रमा लगानी गर्न आम व्यवसायीलाई आग्रह गरे । “दाङ सम्भावना बोकेको ठाउँ हो । यहाँ केबलकारदेखि, कृषि, पर्यटनजस्ता प्रोजेक्टमा लगानी गरेर मुनाफा लिन सकिन्छ । हाम्रो पनि सहयोग आवश्यक परेमा भन्नुस् सहयोग गर्न तयार छौँ”, उनले भने ।

नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रको भूमिका रहेको र यसतर्फ ध्यान दिन निजी क्षेत्रलाई आग्रहसमेत गरे । “कोरोनाका असर–प्रभाव अहिले निजी क्षेत्रमा धेरै नै देखिएको छ”, उनले भने, “त्यसैले अब राजनीति पैरवी हुन जरुरी छ ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले व्यवसाय गरिराखेका व्यवसायीलाई विस्थापित हुन नदिन आफूले राष्ट्र बैंकको गर्भनरसँग छलफल गरेको जानकारी दिए । तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले भयरहित वातावरणमा व्यवसाय सञ्चालन गर्न सुरक्षा व्यवस्था कायम गर्ने बताए ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ९ : ४८ बजे

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित