चिकित्सकमाथि लाठीचार्ज गर्ने प्रहरी निलम्बित | Khabarhub Khabarhub

चिकित्सकमाथि लाठीचार्ज गर्ने प्रहरी निलम्बित


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले चिकित्सकमाथि लाठीचार्ज गर्ने वरिष्ठ हबल्दारलाई निलम्बन गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेलामा हिँडेको भन्दै राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलाई लाठीचार्ज गर्ने वरिष्ठ हबल्दार शम्भुजङ्ग गुरुङलाई आज निलम्बन गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले चिकित्सकलाई लाठीचार्ज गर्ने प्रहरीलाई व्यावसायिकता, उत्तरदायित्व एवं जवाफदेहीताको कसीमा कारबाहीको प्रक्रिया सुरु भई निलम्बन गरिएको जानकारी दिए ।

चिकित्सक एवं सुरक्षाकर्मीबीच अन्योन्याश्रित एवं सन्निकट सम्बन्ध स्थापित भई नागरिकको सुरक्षा र उपचारमा २४ सैं घण्टा खटिने दुई जिम्मेवार संस्थाको सम्बन्धमा व्यक्तिका गैर व्यावसायिक कार्यका कारण समस्या उत्पन्न हुनु दुःखद् भएको प्रहरीले जनाएको छ ।

प्रवक्ता रिजालले प्रहरी कर्मचारी र नेपाल चिकित्सक सङ्घ तथा अस्पतालमा कार्यरत चिकित्सकबीच उत्पन्न विवादको घटनाले अत्यन्त संवेदनशील बनाएको भन्दै परिस्थितिलाई सामान्यीकरण गर्न सबैमा अनुरोधसमेत गरेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १० : ०० बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका