चिकित्सकमाथि लाठीचार्ज गर्ने प्रहरी निलम्बित « Khabarhub

चिकित्सकमाथि लाठीचार्ज गर्ने प्रहरी निलम्बित


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले चिकित्सकमाथि लाठीचार्ज गर्ने वरिष्ठ हबल्दारलाई निलम्बन गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेलामा हिँडेको भन्दै राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलाई लाठीचार्ज गर्ने वरिष्ठ हबल्दार शम्भुजङ्ग गुरुङलाई आज निलम्बन गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले चिकित्सकलाई लाठीचार्ज गर्ने प्रहरीलाई व्यावसायिकता, उत्तरदायित्व एवं जवाफदेहीताको कसीमा कारबाहीको प्रक्रिया सुरु भई निलम्बन गरिएको जानकारी दिए ।

चिकित्सक एवं सुरक्षाकर्मीबीच अन्योन्याश्रित एवं सन्निकट सम्बन्ध स्थापित भई नागरिकको सुरक्षा र उपचारमा २४ सैं घण्टा खटिने दुई जिम्मेवार संस्थाको सम्बन्धमा व्यक्तिका गैर व्यावसायिक कार्यका कारण समस्या उत्पन्न हुनु दुःखद् भएको प्रहरीले जनाएको छ ।

प्रवक्ता रिजालले प्रहरी कर्मचारी र नेपाल चिकित्सक सङ्घ तथा अस्पतालमा कार्यरत चिकित्सकबीच उत्पन्न विवादको घटनाले अत्यन्त संवेदनशील बनाएको भन्दै परिस्थितिलाई सामान्यीकरण गर्न सबैमा अनुरोधसमेत गरेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १० : ०० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको