अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन रास्वपाको आग्रह « Khabarhub

अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन रास्वपाको आग्रह


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले आज एक विज्ञप्ति जारी गरी चिकित्सकमाथि प्रहरीद्वारा भएको लाठीचार्जको घटनाप्रति दुःख व्यक्त गर्दै चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका हुन् ।

“राष्ट्रपतिको सवारीको समयमा सर्वसाधारणको आवागमनलाई नियन्त्रण गर्ने नाममा आफ्नो काम सकेर घर फर्कने क्रममा एक कर्तव्यनिष्ट नागरिकलाई आवागमनमा रोक मात्र नलगाइ भौतिक कारबाहीसमेत हुनु अमानवीय घटना हो”, प्रवक्ता डा ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले राष्ट्रपति तथा अन्य उच्च पदस्थ व्यक्तित्वहरूप्रति जनआस्था र विश्वासलाई कायम राख्न सुरक्षा र सवारीका नाममा दैनिक जीवनयापनमा असहज अवस्था सिर्जना गर्न नहुने बताएको छ । अस्पताल बन्द गर्ने कार्यले नागरिकलाई थप दुःख हुने भएकाले अस्पताल बन्द गर्ने कार्यक्रम फिर्ता लिन रास्वपाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १० : ५२ बजे

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित