खोरमा राखिएका गिद्ध प्रकृतिमा छाडिए « Khabarhub

खोरमा राखिएका गिद्ध प्रकृतिमा छाडिए


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु– गत कात्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को जटायु रेस्टुरेन्टको खोरमा ल्याएर राखिएका १० गिद्धलाई आज प्रकृतिमा छाडिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका र त्यस केन्द्रमा जन्मिएका विश्वकै दुर्लभ डङ्गर प्रजातिका गिद्धहरूलाई नमूना मध्यवर्ती सामुदायिक वनमा अवस्थित जटायु रेस्टुरेण्ट क्षेत्रबाट छाडिएको हो । 

गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यलगायत संरक्षण क्षेत्रमा लागेका दातृ निकायका प्रतिनिधि र संरक्षणकर्मीको उपस्थितिमा ती गिद्ध प्रकृतिमा छाडिएको हो । अति संकटापन्न अवस्थामा रहेको डङ्गर जातको गिद्धको सङ्ख्या बढाउनका लागि सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ । आज छाडिएकासहित कसराको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका ६९ गिद्धलाई अहिलेसम्म जंगलमा छाडिसकिएको छ । 

जंगलका छाडिएका गिद्धको गणना गर्न ढाड र खुट्टामा सेटलाइट ट्याग लगाएर छाडिएको संरक्षणविज्ञ डिवी चौधरीले बताए। ‘खुट्टामा नम्बर ट्याग र ढाडमा सेटलाइट ट्याग लगाइएको छ’, उनले भने , ‘यहाँबाट छाडिएका गिद्ध कहाँ र कुन अवस्थामा छन् दैनिक मनिटरिङ गरिन्छ ।’

लोपोन्मुख गिद्धको संरक्षण गरेर सङ्ख्या बढाउन भन्दै विसं २०६३ भदौमा कावासोतीको पिठौलीस्थित सामुदायिक वनमा गिद्ध रेस्टुरेन्ट सुरु गरिएको हो । त्यो रेस्टुरेन्टमा बुढ्यौली लागेका चौपाया आहारा दिएर गिद्धलाई लोभ्याइन्छ । 

नेपालबाट सुरु गरिएको गिद्ध प्रजनन केन्द्र र जटायु रेस्टुरेन्ट प्रोजेक्ट संसारमै सफल मानिएको छ । नेपालमा अहिलेसम्म ६९ वटा गिद्ध प्रजनन केन्द्रमा हुर्काएर जंगलमा छाडिएको छ । 

जंगली ४० गिद्ध समातेर सेटलाइट ट्याग लगाएर जंगलमै छाडिएको छ । लोपोन्मुख गिद्ध संरक्षणको अभियानस्वरूप नेपालमा हाल नौ प्रजातिका गिद्ध पाइन्छ । नेपालमा पाइने गिद्धमध्ये जटायु रेष्टुरेन्ट पिठौलीमा आठ प्रजातिको गिद्धको बासस्थान रहेको छ । नेपालभर करिब १५ हजारको सङ्ख्यामा गिद्ध रहेको अनुमान गरिन्छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  २ : ५५ बजे

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो  (तस्बिरहरू) 

काठमाडौं– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने

रेशम चौधरीको चेतावनी : ‘म रोकिए भने शीर्ष नेताले पनि चुनाव लड्न पाउँदैनन्’

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफूलाई आगामी

जेन-जी आन्दोलन : साहाराविहीन भयो सहिद थापाको परिवार

काठमाडौं– गत भदौ २४ गते बिहान १० बजेतिर धनगढीमा रहेकी

डा.कोइरालाको नेतृत्वमा बनाइएको बहुविशिष्ट बाल अस्पताल सञ्चालनमा 

काठमाडौं– वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाको नेतृत्वमा बनाइएको बहुविशिष्ट बाल

समानुपातिक सूची बुझाउँदै गर्दा रवि र कुलमानलाई सुधनले वार्तामा बसाए

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने