राष्ट्रपति पौडेलद्वारा बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन  « Khabarhub

राष्ट्रपति पौडेलद्वारा बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन 


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पाटन– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको आज अवलोकन एवं निरीक्षण गरेका छन् । भट्टराई आश्रम पुगेका उनले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण गरेका छन्। 

सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, पूर्वराजदूत एवम् नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय, नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरे, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुँयाललगायतले स्वागत गरेका थिए ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ३ : ५४ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि