शिक्षा नीतिमा परिवर्तन गर्नुपर्छ : प्रदीप पौडेल « Khabarhub

शिक्षा नीतिमा परिवर्तन गर्नुपर्छ : प्रदीप पौडेल


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएका छन्। काठमाडौँको बूढानीलकण्ठमा सञ्चालित ज्ञान चक्षु स्कुलको १७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्र प्रविधिमैत्री र प्रतिस्पर्धात्मक हुँदै गएकाले समयानुकूल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

“सरकारी विद्यालयभन्दा निजीस्तरका विद्यालयको शैक्षिक गुणस्तर राम्रो छ, निजी विद्यालयको शुल्क महँगो छ, अभिभावकले तिर्न कठिनाइ भएको छ, राज्यले यसबारे सोच्नुपर्ने बेला आएको छ”, उनले भने । प्रमाणपत्रमुखी भन्दा नेतृत्व गर्ने शिक्षा आजको आवश्यकता भएको उनको भनाइ थियो ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कल्पना शर्माले विद्यालयको गुणस्तरलाई उकास्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक तीन वटै पक्षको महत्वपूर्ण भूमिका रहेको बताए ।

विद्यालयका प्राचार्य मीनकुमार कोइरालाले विद्यालयले पढाइमात्र नभएर अतिरिक्त क्रियाकलापलाई समेत अगाडि बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताए । कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ८ : २६ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने