क्रिकेटर बोहरा सम्मानित « Khabarhub

क्रिकेटर बोहरा सम्मानित


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्रिकेटर दीपक बोहरालाई गृह जिल्ला बैतडीमा सम्मान गरिएको छ । हालै युएईमा सम्पन्न एसिया छनोटमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्दै सन् २०२४ मा हुने आईसीसी यू(१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो । उक्त नेपाली टोलीका सदस्य बोहरा पनि थिए ।

बोहरालाई बैतडीस्थित निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी तथा निंग्लाशैनी क्रिकेट क्लब, देहिमाडौंले सम्मान गरेको हो । उनी उक्त एकेडेमी तथा क्लबमा आबद्ध छन् ।

बैतडी जस्तो विकट क्षेत्रबाट राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्दै विश्वकपमा पु¥याउन योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।

दीपकलाई खादा, अबिर र प्रमाणपत्रसहित सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बैतडी जिल्ला क्रिकेट सङ्घका पूर्वअध्यक्ष रमेशबहादुर बोहरा, निंग्लाशैनी क्रिकेट क्लबका कोषाध्यक्ष डीलाइट बोहरा, निंग्लाशैनी मन्दिरका भण्डारी चक्रबहादुर बोहरालगायतको उपस्थिति थियो । युएईमा बोहराले ३ वटा खेल खेलेका थिए ।

पोलार्ड उपनामले परिचित बोहरा दशरथचन्द नगरपालिका २ देहिमाडौँमा विसं २०६१ पुस ११ मा जन्मिएका थिए । सानैदेखि क्रिकेटमा रुचि राख्ने उनले धुले मैदानबाट क्रिकेट खेल्न सुरु गरेका थिए । उनी मध्यक्रमका ब्याटर हुन् ।

विश्वकपमा छनोट भएको उक्त टोलीका सदस्यलाई नेपाल क्रिकेट सङ्घ क्यानले जनही रू एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १० : ४८ बजे

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि