क्रिकेटर बोहरा सम्मानित « Khabarhub

क्रिकेटर बोहरा सम्मानित


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्रिकेटर दीपक बोहरालाई गृह जिल्ला बैतडीमा सम्मान गरिएको छ । हालै युएईमा सम्पन्न एसिया छनोटमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्दै सन् २०२४ मा हुने आईसीसी यू(१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो । उक्त नेपाली टोलीका सदस्य बोहरा पनि थिए ।

बोहरालाई बैतडीस्थित निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी तथा निंग्लाशैनी क्रिकेट क्लब, देहिमाडौंले सम्मान गरेको हो । उनी उक्त एकेडेमी तथा क्लबमा आबद्ध छन् ।

बैतडी जस्तो विकट क्षेत्रबाट राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्दै विश्वकपमा पु¥याउन योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।

दीपकलाई खादा, अबिर र प्रमाणपत्रसहित सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बैतडी जिल्ला क्रिकेट सङ्घका पूर्वअध्यक्ष रमेशबहादुर बोहरा, निंग्लाशैनी क्रिकेट क्लबका कोषाध्यक्ष डीलाइट बोहरा, निंग्लाशैनी मन्दिरका भण्डारी चक्रबहादुर बोहरालगायतको उपस्थिति थियो । युएईमा बोहराले ३ वटा खेल खेलेका थिए ।

पोलार्ड उपनामले परिचित बोहरा दशरथचन्द नगरपालिका २ देहिमाडौँमा विसं २०६१ पुस ११ मा जन्मिएका थिए । सानैदेखि क्रिकेटमा रुचि राख्ने उनले धुले मैदानबाट क्रिकेट खेल्न सुरु गरेका थिए । उनी मध्यक्रमका ब्याटर हुन् ।

विश्वकपमा छनोट भएको उक्त टोलीका सदस्यलाई नेपाल क्रिकेट सङ्घ क्यानले जनही रू एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १० : ४८ बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम