सरकार र मिटरब्याज पीडितबीच आज पनि वार्ता  « Khabarhub

सरकार र मिटरब्याज पीडितबीच आज पनि वार्ता 


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ ।  गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच मंगलबार पनि वार्ता हुन लागेको हो ।

दुई दिनसम्म चलेको वार्तामा पनि सहमति हुन नसके पछि आज वार्ता गरेर सहमतिमा पुग्ने प्रयास गरिने भएको हो । संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार र सोमवार छलफल भए पनि सहमति नभए पछि मंगलबार पुनः छलफल गर्न लागिएको संयोजक अबधेश कुशवाहले जानकारी दिए ।

उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रीपरिद्षको निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा सरकारी वार्ता टोली समक्ष राखिएको छ ।


पहिलो र दोस्रो दिनको वार्तामा सहमति हुन नसके पछि पुनः मंगलबार वार्ता हुन लागेको हो।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ६ : १६ बजे

स्पेनिस ला लिगा : एल्चेले कडा चुनौची दिँदा रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल

निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल

दोलखा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

बागलुङमा थपिए पाँच हजार ३९३ मतदाता

बागलुङ– आगामी २१ फागुनको निर्वाचनका लागि बागलुङमा पाँच हजार ३९३

सडक दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं – काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक

एनपीएलमा आज दुई प्रतिस्पर्धा : विराटनगर भर्सेस जनकपुर, कर्णाली र सुदूरपश्चिम भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार