काखीमा आउने पसिनाको दुर्गन्ध हटाउन यी उपाय अपनाउनुहोस् | Khabarhub Khabarhub

काखीमा आउने पसिनाको दुर्गन्ध हटाउन यी उपाय अपनाउनुहोस्


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैशाख महिना सुरु हुन लागेको छ, जसले गर्दा मौसम गर्मिलो हुन थालेको छ । बैशाखको यो गर्मीमा पसिना आउनु स्वभाविक हो । गर्मी मौसममा पसिना आउनु र त्यसको शारीरिक गन्धका मुख्यतः काखी गन्हाउनु सबैभन्दा ठूलो टाउको दुखाइको विषय बन्न जान्छ । त्यसले आत्मविश्वासमा पनि कमी ल्याउँछ । 

जतिसुकै सफा र राम्रो लुगा लगाए पनि पसिनाको गन्धका कारण आसपासका मानिस सामु  हात उठाउन सहज हुदैँन र त्यसले ‘कन्फिडेन्स लेभल लुज’ समेत गराउँछ । अझ यो समस्या विशेष गरी ती मानिसहरूका लागि विपत्तिको रूपमै आउँछ, जसको शरीरबाट औसत मानिसलाई आउने पसिना भन्दा बढी आउने गर्छ । जसका कारण ती मानिसहरु गर्मी महिना नै नआईदिओस भन्ने सोच्छन तर तिनले सोचेर गर्मी महिना नआउने भने हुन्न ।  

अत्याधिक पसिना आउनुलाई चिकित्सकीय भाषामा ‘हाइपर हाइड्रोसिस’ भनिन्छ । यो अवस्था दुई कारणले हुन सक्छ । पहिलो, प्राकृतिक रूपमा शरीरमा अत्याधिक पसिना आउनु र दोस्रो बाहिरी अवस्थाका कारण अत्याधिक पसिना आउनु ।

 ‘हाइपर हाइड्रोसिस’ ले शरीरको एक विशेष भागलाई बढी असर गर्छ, जसको अर्थ हो शरीरको कुनै भागमा अन्य भागहरूमा आउने भन्दा बढी मात्रामा पसिना आउनु। यसमा सबैभन्दा बढी काखीमा बढी मात्रामा पसिना आउँछ र साथै हात खुट्टामा पनि अत्याधिक पसिना आउने समस्या पनि हुन सक्छ । 

जसकारण बन्धित ब्यक्तिलाई धेरै लज्जास्पद बनाउन सक्छ । धेरै पटक, आत्मविश्वासलाई असर गर्दै, यसले सामान्य जीवनलाई पनि असर गर्छ । यस्तो अवस्थाबाट बच्न ‘एन्टिपर्स्पिपरेन्ट डिओडोरेन्ट’ प्रयोग गर्न सकिन्छ । 

यसका लागि पाँच उपाय अपनाउनुहोस्

१- काखीमा पसिनाबाट कसरी छुटकारा पाउन ‘डिओड्रेन्ट’को प्रयोग गर्ने 

२- दिनमा दुई पटक ‘एप्पल साइडर भिनेगर’ को प्रयोग गर्ने, 

३- कागतीको प्रयोग गर्ने 

४- नियमित रुपमा काखीका रौँहरू हटाउने 

५- नियमित रुपमा पानी प्रयोग गरेर काखी पखाल्ने

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ९ : ४३ बजे

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी

तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

देशभर फैलियो मनसुन

काठमाडौं– यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ ।

वालिङमा हल गोरु पाल्ने किसानलाई अनुदान, प्रतिहल कति ? 

वालिङ– स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान

‘सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सवारी दुर्घटनाबाट हुने