काखीमा आउने पसिनाको दुर्गन्ध हटाउन यी उपाय अपनाउनुहोस् « Khabarhub

काखीमा आउने पसिनाको दुर्गन्ध हटाउन यी उपाय अपनाउनुहोस्


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैशाख महिना सुरु हुन लागेको छ, जसले गर्दा मौसम गर्मिलो हुन थालेको छ । बैशाखको यो गर्मीमा पसिना आउनु स्वभाविक हो । गर्मी मौसममा पसिना आउनु र त्यसको शारीरिक गन्धका मुख्यतः काखी गन्हाउनु सबैभन्दा ठूलो टाउको दुखाइको विषय बन्न जान्छ । त्यसले आत्मविश्वासमा पनि कमी ल्याउँछ । 

जतिसुकै सफा र राम्रो लुगा लगाए पनि पसिनाको गन्धका कारण आसपासका मानिस सामु  हात उठाउन सहज हुदैँन र त्यसले ‘कन्फिडेन्स लेभल लुज’ समेत गराउँछ । अझ यो समस्या विशेष गरी ती मानिसहरूका लागि विपत्तिको रूपमै आउँछ, जसको शरीरबाट औसत मानिसलाई आउने पसिना भन्दा बढी आउने गर्छ । जसका कारण ती मानिसहरु गर्मी महिना नै नआईदिओस भन्ने सोच्छन तर तिनले सोचेर गर्मी महिना नआउने भने हुन्न ।  

अत्याधिक पसिना आउनुलाई चिकित्सकीय भाषामा ‘हाइपर हाइड्रोसिस’ भनिन्छ । यो अवस्था दुई कारणले हुन सक्छ । पहिलो, प्राकृतिक रूपमा शरीरमा अत्याधिक पसिना आउनु र दोस्रो बाहिरी अवस्थाका कारण अत्याधिक पसिना आउनु ।

 ‘हाइपर हाइड्रोसिस’ ले शरीरको एक विशेष भागलाई बढी असर गर्छ, जसको अर्थ हो शरीरको कुनै भागमा अन्य भागहरूमा आउने भन्दा बढी मात्रामा पसिना आउनु। यसमा सबैभन्दा बढी काखीमा बढी मात्रामा पसिना आउँछ र साथै हात खुट्टामा पनि अत्याधिक पसिना आउने समस्या पनि हुन सक्छ । 

जसकारण बन्धित ब्यक्तिलाई धेरै लज्जास्पद बनाउन सक्छ । धेरै पटक, आत्मविश्वासलाई असर गर्दै, यसले सामान्य जीवनलाई पनि असर गर्छ । यस्तो अवस्थाबाट बच्न ‘एन्टिपर्स्पिपरेन्ट डिओडोरेन्ट’ प्रयोग गर्न सकिन्छ । 

यसका लागि पाँच उपाय अपनाउनुहोस्

१- काखीमा पसिनाबाट कसरी छुटकारा पाउन ‘डिओड्रेन्ट’को प्रयोग गर्ने 

२- दिनमा दुई पटक ‘एप्पल साइडर भिनेगर’ को प्रयोग गर्ने, 

३- कागतीको प्रयोग गर्ने 

४- नियमित रुपमा काखीका रौँहरू हटाउने 

५- नियमित रुपमा पानी प्रयोग गरेर काखी पखाल्ने

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ९ : ४३ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई