सुदूरपश्चिम विश्वविद्यालयले पाँच आङ्गिक क्याम्पस थप्ने « Khabarhub

सुदूरपश्चिम विश्वविद्यालयले पाँच आङ्गिक क्याम्पस थप्ने


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयले पाँच आङ्गिक क्याम्पस थप्ने निर्णय गरेको छ । विश्वविद्यालयले सुदूरपश्चिमका विभिन्न ठाउँका पाँच क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको हो । विश्वविद्यालयको विशेष साधारणसभाले बझाङका दुई, बैतडी, डडेल्धुरा र कञ्चनपुरका एक/एक क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए ।

“कुलपति उपस्थित विशेष साधारणसभाले सुदूरका थप पाँच कलेजलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको छ”, उनले भने । उनका अनुसार कञ्चनपुरको झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पस, बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस, बझाङको सुनकुडा बहुमुखी क्याम्पस र बझाङदीप बहुमुखी क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय भएको हो ।

“यो विश्वविद्यालयको तर्फबाट भएको निर्णय हो, दरबन्दी स्वीकृतलगायत कुरा सरकारसँग जोडिएका छन्”, सूचना अधिकारी विष्टले भने, “ती प्रक्रिया टुङ्गो लगाउने गरी सरकारले निर्णय गर्नु आवश्यक छ ।” विसं २०७४ मा पनि विश्वविद्यालयले सुदूरपश्चिममा छ आङ्गिक क्याम्पस थप्ने निर्णय निर्णय गरेको थियो ।

सरकारले दरबन्दी स्वीकृत लगायतमा कुनै निर्णय नगर्दा ती क्याम्पस अझै सुदूरपश्चिम विश्वविद्यालय मातहत आउन सकेका छैनन् । विसं २०६८ मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयको एक केन्द्रीय क्याम्पस र १५ आङ्गिक क्याम्पस सञ्चालनमा छन् । सुदूरपश्चिम विश्वविद्यालयमा चार सय ९१ जना प्राध्यापक र एक सय ७९ कर्मचारी छन् । २३ हजार तीन सय ९९ विद्यार्थी विश्वविद्यालयमा अध्ययनरत रहेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १ : ४६ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।