सुदूरपश्चिम विश्वविद्यालयले पाँच आङ्गिक क्याम्पस थप्ने « Khabarhub

सुदूरपश्चिम विश्वविद्यालयले पाँच आङ्गिक क्याम्पस थप्ने


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयले पाँच आङ्गिक क्याम्पस थप्ने निर्णय गरेको छ । विश्वविद्यालयले सुदूरपश्चिमका विभिन्न ठाउँका पाँच क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको हो । विश्वविद्यालयको विशेष साधारणसभाले बझाङका दुई, बैतडी, डडेल्धुरा र कञ्चनपुरका एक/एक क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए ।

“कुलपति उपस्थित विशेष साधारणसभाले सुदूरका थप पाँच कलेजलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको छ”, उनले भने । उनका अनुसार कञ्चनपुरको झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पस, बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस, बझाङको सुनकुडा बहुमुखी क्याम्पस र बझाङदीप बहुमुखी क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय भएको हो ।

“यो विश्वविद्यालयको तर्फबाट भएको निर्णय हो, दरबन्दी स्वीकृतलगायत कुरा सरकारसँग जोडिएका छन्”, सूचना अधिकारी विष्टले भने, “ती प्रक्रिया टुङ्गो लगाउने गरी सरकारले निर्णय गर्नु आवश्यक छ ।” विसं २०७४ मा पनि विश्वविद्यालयले सुदूरपश्चिममा छ आङ्गिक क्याम्पस थप्ने निर्णय निर्णय गरेको थियो ।

सरकारले दरबन्दी स्वीकृत लगायतमा कुनै निर्णय नगर्दा ती क्याम्पस अझै सुदूरपश्चिम विश्वविद्यालय मातहत आउन सकेका छैनन् । विसं २०६८ मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयको एक केन्द्रीय क्याम्पस र १५ आङ्गिक क्याम्पस सञ्चालनमा छन् । सुदूरपश्चिम विश्वविद्यालयमा चार सय ९१ जना प्राध्यापक र एक सय ७९ कर्मचारी छन् । २३ हजार तीन सय ९९ विद्यार्थी विश्वविद्यालयमा अध्ययनरत रहेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १ : ४६ बजे

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ