सेयर बजार उकालो « Khabarhub

सेयर बजार उकालो


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-सातामा कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजार उकालो लागेको छ ।

सोमबार नेप्से परिसूचक २७.३१ अंकले उकालो लागेको हो । यो सँगै सूचक १८७१.३३ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७९ अङ्कले वृद्धि भइ ३५५.४५ विन्दुमा पुगेको छ।

यसअघि सोमबारको कारोबारमा भने नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ विन्दुमा अडिएको थियो । सोही दिन ९१ करोड १९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता सेयर खरिद बिक्री हुँदा ९४ करोड ५२ लाख भन्दा बढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ।

यसैगरी, नेप्से सूचकमा २०१ कम्पनीमा वृद्धि भएको छ । १६ कम्पनीमा ओरालो लागेको र एक कम्पनी स्थिर रहेको छ ।

त्यस्तै, कारोबारको आधारमा सिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ७ करोड १० लाखको कारोबार गरेको छ ।

यसैगरी सानिमा मिडल तामोर हाइड्रोपावर कम्पनी दोस्रो स्थानमा छ । उक्त कम्पनीले ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

मंगलबार सबै उपसूचक कम्पनीहरूमा हरियाली छाएको छ । वृद्धि भएको कम्पनीहरू मध्ये सबैभन्दा धेरै निर्माण तथा प्रशोधनको ३ प्रतिशतले मूल्य बढेको छ भने विकास बैंक र फाइनान्स इन्डेक्स कम्पनीको २ प्रतिशतले मूल्य बढेको छ ।

आजको कालिन्चोक दर्शन र आदर्श लघुवित्त वित्तीय संस्थाको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ।

उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन्। साथै, सृजनशील लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र छ्याङदी हाइड्रोपावरको ७ प्रतिशतले मूल्य बढेको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ३ : ४२ बजे

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार