बैंकिङ क्षेत्र सुरक्षित छ : गभर्नर अधिकारी « Khabarhub

बैंकिङ क्षेत्र सुरक्षित छ : गभर्नर अधिकारी


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलको अवस्थामा बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको जनाएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय क्षेत्र पूर्णरुपमा सुरक्षित रहेको बताएका हुन् । पत्रकार सम्मेलनमा उनले नेपालका बैंकहरुको पुँजी पर्याप्तता अनुपात १३ प्रतिशत माथि रहेको, खुद तरलता अनुपात २.३ प्रतिशत माथि रहेको, खराब ऋण अनुपात २.६३ प्रतिशत मात्र रहेको जानकारी दिए ।

उनले गत वर्षसम्म नेपालको वाह्य क्षेत्र चापमा रहेपनि अहिले सुधार भइसकेको उल्लेख गरे । पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले बजारमा तरलता सुधार हुँदै गएको भन्दै बजारले नै ब्याजदर निर्धारण गर्ने बताए ।

बैंकहरुको स्प्रेड दर घटाएर आमसर्वसाधारणलाई फाइदा पुर्‍याउने राष्ट्र बैंकको उद्देश्य रहेको भन्दै उनले साना ऋणीहरुका लागि आधार दरमा २ प्रतिशतसम्म मात्र प्रिमियम लिन पाउने व्यवस्था रहेको जिकिर गरे ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ५ : २६ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा