वैशाख ५ गतेबाट आमरण अनसन बस्ने लघुवित्त पीडितको घोषणा « Khabarhub

वैशाख ५ गतेबाट आमरण अनसन बस्ने लघुवित्त पीडितको घोषणा


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लघुवित्त पीडितहरुले वैशाख ५ गतेबाट आमरण अनसन बस्ने घोषणा गरेका छन् । मंगलबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी लघुवित्त पीडितहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले अध्यक्ष मनिराम ज्ञावालीको नेतृत्वमा वैशाख ५ गतेदेखि आमरण अनसनको घोषणा गरेको हो ।

चैत २१ देखि माइतिघर मण्डलामा अनसनरत पीडितहरुले लघुवित्तले आफूहरुलाई मर्नु न बाँच्नुको अवस्थामा पु¥याएको बताए । समितिका अध्यक्ष ज्ञावालीले पीडितहरुको जीवन मर्नु न बाँच्नुको अवस्थामा पुर्याउने लघुवित्तले कायौंको ज्यान लिइसकेको र सयौंलाई विस्थापित गरिसकेको बताए ।

ज्ञावालीले न्यायको निम्ति आफूहरुले निष्कर्षसहितको अन्तिम लडाइँका लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको बताए ।

राष्ट्रिय किसान संघ सञ्जाल नेता अगस्त्य अधिकारीले लघुवित्त संस्थाहरुले राष्ट्र बैंकको निर्देशिका र प्रचलित ऐन कानून मिचेर आमजनताविरुद्ध ज्यादती गर्दै आएको भन्दै आन्दोलनमा आफ्नो संगठनले सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संघर्ष समितिका केन्द्रीय सचिव रमेश तामाङले देशका झण्डै ५८ लाख महिलाहरु लघुवित्तहरुको ऋणी भएको र अधिकाशंलाई ब्याजको स्याज लगाएर गैरकानूनी तरिकाले यातना दिएको आरोप लगाए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ६ : २६ बजे

एमालेको सचिवालय बैठक भोलि, के छ एजेन्डा?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक भोलि

अब गैर आवासीय नेपालीको अधिकार सुनिश्चित भयो : आनन्द विष्ट

काठमाडौँ – गैर आवासीय नेपालीहरूले नागरिकता पाउने बाटो खुलेसँगै नेपाली

प्रधानमन्त्रीको भ्रमणले सीमा विवाद समाधान गर्नुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चार दिने औपचारिक भारत भ्रमण हिजोदेखि

टाइटनिकको भग्नावशेषमा भेटिएको नेकलेस कति वर्ष पुरानो?

लन्डन – टाइटानिक भग्नावशेषको डिजिटल स्क्यान गर्दा मेगालोडोनको दाँतको हार

चुनावअघि राजस्थानमा १ सय युनिट बिजुली निःशुल्क घोषणा

राजस्थान – राजस्थानमा विधानसभा चुनाव हुनुअघि मुख्यमन्त्री अशोक गहलोतको नेतृत्वमा