बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर एकको मृत्यु « Khabarhub

बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर एकको मृत्यु


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

बैतडी – बालुवाको ढिस्कोमा पुरिएर बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीया राजमती भाट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

मङ्गलबार साँझ ७ बजेतिर धौलाडीस्थित सडकको भिरालो जमिनमा बालुवा खन्ने क्रममा ढिस्कोमा पुरिएकी राजमतीको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ । यस्तै बालुवाको ढिस्कोमा पुरिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका ६२ वर्षीय सालिभानसिंह धामी र ४२ वर्षीय सङ्ग्रामसिंह धामी रहेका छन् । घाइते दुवैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी निरीक्षक खत्रीको भनाइ छ ।

सँगै बालुवा खन्न गएका नरेन्द्र धामी र मनोज धामी भने सकुशल रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ९ : ४७ बजे

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका

चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा

एटलान्टा – एटलान्टा स्टेडियममा जब रेफ्रीले अन्तिम सिट्ठी फुके, क्यामराका

विश्वकप : लुकाकु चम्किँदा हारबाट जोगियो बेल्जियम, इजिप्टसँग १-१ को बराबरी

सियाटल – सियाटल स्टेडियममा सोमबार राति भएको समूह ‘जी’ को

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर