ढिलो बिहेले बाँझोपनको समस्या बढ्यो « Khabarhub

ढिलो बिहेले बाँझोपनको समस्या बढ्यो

दम्पत्तिले बच्चा जन्माउन प्राथमिकता दिनुपर्छ


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समयमा धेरै मानिसमा बाँझोपनको समस्या बढिरहेको छ। पहिलाको तुलनामा अहिले बाँझोपन बढ्नुमा अहिलेको खानपान र जीवनशैली प्रमुख कारण रहेको चिकित्सकको भनाइ छ। आज भन्दा करिब २० देखि २५ वर्षअघि महिलाको जीवन यापन बेग्लै नै थियो। पहिला महिलाले समयमा विवाह गर्ने र बच्चा जन्माउने गर्दथे र त्यस कारण बाँझोपनको समस्या धेरै नदेखिएको चिकित्सकले बताएका छन्। तर पछिल्लो समय महिला आफ्नो पढाई र करियरमा व्यस्त हुँदा यस्तो समस्या बढेको चिकित्सकले बताएका छन्। ३० वर्ष पुग्दा नै आमा बन्दा राम्रो हुन्छ तर कुनै महिला ३५ वर्ष नाघेर बच्चा जन्माउँदा विभिन्न समस्या देखिने डाक्टरले बताएका छन्। यसै विषयमा आधारित रहेर खबरहबका लागि स्त्री रोग विशेषज्ञ डा. नूतन शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय बढ्दै गएको बाँझोपनको समस्या भनेको के हो ?
कोही विवाहित दम्पत्तिले कुनै परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा त्यसको लगभग एक वर्षको समयावधि भित्र बच्चा बसेन भने त्यसलाई बाँझोपना मान्न सकिन्छ। तर कतिपय अवस्थामा विवाहको दोस्रो वर्षमा बच्चा हुने सम्भावना हुन्छ। त्यो भन्दा बढीको समयलाई बाँझोपना मानिन्छ।

के कारणले यो समस्या बढ्दै गएको छ ?
अहिले यो समस्या बढ्नुको प्रमुख कारणमा ढिलो विवाह रहेको छ। अहिले महिला आफ्नो भविष्यको चिन्ता गर्ने र विवाह र बालबच्चा भन्दा पनि आफ्नो भविष्य बनाउन लाग्दा यो विषय ओझेलमा परेको छ। पहिलाको समयमा केटी मान्छेको जीवन विवाह र बच्चा जन्माउन मै जान्थ्यो। यसरी विवाह ढिलो गर्ने, कसैले बिहे गरे पनि ढिलो बच्चा जन्माउने गर्दा यो समस्या बढेको देखिन्छ। प्रत्येक केटी मान्छेले जन्मदेखिनै फिक्स अण्ड लिएर आएको हुन्छ। त्यो प्रत्येक महिनामा घट्दै जान्छ। त्यसैले बच्चा पाउने सही उमेर भनेको २२ देखि ३० वर्ष हो। ३० वर्ष कटेपछि खतरा हुन्छ।

कस्ता खालका समस्याका कारण निःसन्तानको समस्या देखिन्छ ?
सबै भन्दा पहिला त महिलाको महिनावारी गडबड भएको कारणले, डिम्वबाहिनी नली बन्द हुनु, पाठेघरको संक्रमण, पाठेघरमा ट्युमर हुने, महिलाको बढ्दै गएको उमेर, जन्मजात नै कुनै महिलाको पाठेघरको विकास नहुनु, सुरुको बच्चा वा पटकपटक गर्भपतन गराएको भए, पुरुषको वीर्य नलीमा सिस्ट र ट्युमर भएमा, पुरुषको गुप्ताङ्गको विकास राम्रोसँग नभएमा निःसन्तानको समस्या देखिन्छ।

बाँझोपनाको अन्तिम विकल्प के हो त ?
यसमा ६० देखि ७० प्रतिशत बिरामीमा सामान्य उपचार गरेर नै निको हुन्छ। बाँकी अरू २५ प्रतिशत जति मानिसको शरीर नै जाँच गर्नुपर्ने हुन्छ। १० देखि १५ प्रतिशत वा जनाको हिसाबमा १०० जनामा एक जनालाई चाहिँ आईभीएफ चाहिन्छ।

‘आईभीएफ’ भनेको के हो ?
साधारण भाषामा ‘आईभीएफ’ भनेको टेष्टट्युब बेबी बनाउने विधि हो। आईभिएफमा पुरुषको शुक्रकिट र महिलाको डिम्वलाई कृत्रिम रुपमा निकालिन्छ र त्यसलाई प्रयोगशालामा मिलाएर भ्रूणको विकास गराएपछि महिलाकै पाठेघरमा प्रत्यारोपण गरेर पाठेघर भित्रै बच्चा राखिन्छ। महिलाको पाठेघरमा शुक्रकिट जाने दुवै डिम्वबाहिनी नली बन्द भएमा पुरुषको शुक्रकिट नै नबन्ने अवस्थामा अन्य पुरुषको शुक्रकिट र तीनै महिलाको डिम्बलाई गर्भाधान गराउन, कम शुक्रकिट बनेको अवस्थामा पनि थोरै शुक्रकिटलाई नै सफा गरेर ट्युबमा राखी भ्रूण तयार गरेर प्रत्यारोपण गर्न यो प्रविधि उपयोगी मानिन्छ । यसको मद्दतले कुनै पनि दम्पत्तिले निःसन्तान पीडा सहनु पर्दैन।

‘आईभीएफ’ मा जान आर्थिक रूपमा कति खर्च हुन्छ ?
आईभीएफ अरुको तुलनामा महंगो नै हुन्छ। ल्याबमा हामी अन्डा र स्पर्मलाई ग्रो गरेर बच्चा बनाउँछौँ। त्यो कारणले ल्याबको प्रोसिजर (प्रक्रिया) महंगो हुनजान्छ। यो कस्तो बिरामीमा के चाहिन्छ भन्ने कुरामा नै भर पर्दछ। सामान्यतया तीन लाखसम्म पर्न जान्छ।

बाँझोपन अन्त्य गर्न के गर्नुपर्छ ?
समयमा विवाह गर्ने र समयमा बच्चा जन्माउने गर्नुपर्छ। धेरै व्यस्त भएर अहिले बच्चा जन्माउन फुर्सद नै छैन भने २७/२८ वर्षको उमेरमा डिम्व निकालेर फ्रिज गर्नुपर्छ। त्यसलाई राखेर पाँच वर्षपछि पनि बच्चा राख्न सकिन्छ। ढिला विवाह गर्ने केटी मान्छेले सबै भन्दा पहिला बच्चा जन्माउन प्राथमिकता दिनुपर्छ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ७ : ०२ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई