‘जिउँदा सहिद’ कायस्थको निधनमा प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त « Khabarhub

‘जिउँदा सहिद’ कायस्थको निधनमा प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘जिउँदा सहिद’मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

दोस्रो जनआन्दोलनका घाइते काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का कायस्थको निधन प्रति प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन् ।

‘दोस्रो जनआन्दोलनका घाइते  ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु।’

३२ बर्सिया कायस्थको उपचारको क्रममा गए राति शिर मेमोरियल अस्पताल बनेपा, काभ्रेमा निधन भएको थियो । उनको आजै अन्त्येष्टि गरिनेछ।

स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई अस्पतालमा भर्ना गरिएको थियो । घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो ।

जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए। जनआन्दोलनताका कायस्थ बनेपाकै विद्यासागर स्कुलमा कक्षा ८ मा पढ्दै थिए । लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते उनी बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ९ : २० बजे

रेसुङ्गामा श्रद्धालुको घुइँचो

गुल्मी – रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ। रेसुङ्गा धार्मिक क्षेत्र

इन्टर मियामी लिग कपबाट बाहिरियो

काठमाडाैं – अर्जेन्टिनाका स्टार लियोनेल मेसी बुबा जर्जको निधनपछि पहिलोपटक

राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता

काठमाडौं – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष

गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो

गण्डकी – यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको सङ्क्रमण

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि