राप्ती बगरबाट गोहीका २५९ अण्डा सङ्कलन « Khabarhub

राप्ती बगरबाट गोहीका २५९ अण्डा सङ्कलन


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन गरेको छ । बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा सङ्कलन गरिएको हो ।

खोजीको क्रममा भेटिएका थप छ वटा गुँडका अण्डा प्राकृतिमा छाडिएको छ । गोही प्रजनन केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरका अनुसार नौवटा गुँडमध्ये एउटा गुँडको १७ वटा अण्डा छिरलिएको अवस्थामा भेटिएका थिए । राप्ती नदीको खोरसोर घाटबाट सीतामाई घाटसम्म अण्डा सङ्कलन गरिएको हो ।

गोही प्रजनन केन्द्रमा ती अण्डा ल्याएर बालुवाभित्र चल्ला कोरल्नका लागि राखिएको छ । जेठ १५ पछि साउनसम्म ती अण्डाबाट बच्चा कोरल्ने गरिन्छ । प्रजनन केन्द्रका तीन वटा गुँडमा गोहीले अण्डा पारेको छ । मगरका अनुसार गत दुई वर्ष प्रजनन केन्द्रका अण्डाबाट बच्चा कोरलिएका छैनन् । प्रजनन केन्द्रमा दुई वटा भाले रहेका छन् । भालेमा समस्या भएका कारण अण्डाबाट बच्चा नकोरलिएको अनुमान गरिएको छ ।

प्रजनन केन्द्रमा गोहीको सङ्ख्या बढी भएपछि यस वर्ष अण्डा थोरै मात्र सङ्कलन गरिएको हो । गत वर्ष पाँच सय ६३ वटा अण्डा सङ्कलन गरिएको थियो । ती अण्डाबाट चार सय ९६ बच्चा कोरलिएका थिए । यसरी कोरलिएका बच्चा बचाउन निकै जटिल हुने गर्दछ । हालसम्म आइपुग्दा तीमध्ये तीन सय हाराहारी मात्रै जीवित छन् ।

मगरले प्रजनन केन्द्रमा छ सय ४० साना ठूला गोही रहेको भन्दै थोरै मात्र अण्डा सङ्कलन गरिएको बताए । निकुञ्जले विसं २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ । हरेक वर्ष बाढीले बगाएर गोही भारत पुर्‍याउने गर्दछ । यद्यपि संरक्षण कार्यलाई निकुञ्जले निरन्तरता दिएको छ । राप्ती नदी गोहीका लागि राम्रो मानिएको छ ।

प्रजनन केन्द्रमा हुर्काएर हालसम्म एक हजार आठ सय ५२ वटा गोही विभिन्न नदीमा छाडिसकिएको छ । तीमध्ये सबैभन्दा बढी राप्तीमा एक हजार एक सय ३२ वटा गोही नदीमा छाडिएको छ । यस्तै नारायणीमा चार सय १९, बबईमा एक सय १०, सप्तकोशीमा एक सय १५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ गोही छाडिएको छ ।

पछिल्ला दिनहरुमा अन्य नदीमा संरक्षण हुन नसकेपछि अधिकांश गोही राप्ती र नारायणीमा मात्रै छोडिँदै आएको छ । नदी प्रदूषण रोक्न, जथाभावी नदीजन्य पदार्थ उत्खनन नगर्न र ठूला जाल प्रयोग नगर्न निकुञ्जले आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  १० : ०३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल