कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाको निर्माण कार्य तीव्र « Khabarhub

कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाको निर्माण कार्य तीव्र


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रूपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । 

पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटसम्मको ३९  किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिले खण्डमानै खुर्कोटमा २२०-१३२ केभी र दानामा २२०-१३२-३३ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । 

दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डको निर्माण आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । यस खण्डमा पर्ने २३५ वटा टावरहरुमध्ये पर्वतमा तीन वटा, पाल्पामा १ वटा, रूपन्देहीमा ५ वटा निर्माणाधीन छन् । निर्माण सम्पन्न भएका टावरहरुमा तार तानिसकिएको छ । 

नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनमा पर्ने १७ वटा टावरहरू निर्माण सम्पन्न भइसकेको छ । ५.६ किलोमिटर मल्टी सर्किट लाइनमध्ये २.९ किलोमिटरमा तार तान्न बाँकी रहेको छ । बडेरा सामुदायिक वन उपभोक्ता समितिले व्यवस्थापन गरेको वन क्षेत्रमा पर्ने लाइन तान्नका लागि १ हजार १ सय ५० रूख कटान गर्नु पर्ने छ । मन्त्रिपरिषद्बाट वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख कटानका लागि स्वीकृति भइसकेको छ । वन तथा भू-संरक्षण विभागसँग सम्झौता गरी रूख कटान आदेश लिने प्रक्रियामा रहेको छ । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रूपन्देहीको पाल्पा, देवदह र नवलपरासीमा निर्माणाधीन प्रसारण लाइन निर्माण स्थलको अनुगमन भ्रमण गरी असारभित्र सम्पन्न गर्ने गरी काम गर्नुपर्ने बताए । 

कार्यकारी निर्देशक घिसिङले नवलपरासीका प्रमुख जिल्ला अधिकारी, लुम्बिनी प्रदेश, वन निर्देशनालयका निर्देशकलाई छुट्टाछुट्टै भेटी राष्ट्रिय प्राथमिकता प्राप्त तथा अत्यन्तै महत्वपूर्ण लाइनको निर्माण सम्पन्न गर्ने आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गरे । 

‘यो लाइन असारभित्रमा निर्माण सम्पन्न भएन भने जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब ३ सय मेगावाट विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नु पर्ने अवस्था छ, यस्तो अवस्था आउनु प्राधिकरणका लागि मात्र नभई देशकै लागि घाटा हो’, उनले भने,  ‘निर्माण अन्तिम चरणमा पुगेको यस लाइनलाई सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गरिदिनु पर्‍यो ।’

आयोजना प्रमुख प्रमुख चन्दन घोषले निर्माणमा रहेका अधिकांश समस्या समाधान हुँदै गएकाले असारभित्रमा जसरी पनि सम्पन्न गर्ने लक्ष्यका साथ बाँकी काम भइरहेको बताए । कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । 

प्रसारण लाइनबाट करिब १ हजार २ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ ।  

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  १२ : ५४ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा