नक्कली भूटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने विद्यार्थी संगठनको माग « Khabarhub

नक्कली भूटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने विद्यार्थी संगठनको माग


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न दल निकट विद्यार्थी संगठनका नेताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणलाई कुनै दबाब विना निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार संवाद डवलीले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम उनीहरूले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको पनि अपराध भएकाले कुनै दबाब विना निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले न्यायिक निष्कर्षमा  पुराउछ कि पुराउदैन भन्ने प्रश्न उठेकाले दोषीलाई कारबाही गर्न सरकार पछि हट्न नहुने बताइन् । उनले राम्रो काम गर्नका लागि सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकारलाई कमजोर पार्ने काम गर्न नहुने धारणा राखिन् ।

त्यस्तै एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुराउन सहयोग गर्ने भन्दै यसलाई पार्टीसँग जोडेर हेर्न नहुने बताए । उनले यस प्रकरणले विश्व जगतमा नेपालको नाम बदनाम भएकाले राष्ट्र द्रोह गर्नेलाई कारबाही हुनुपर्ने उल्लेख गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारको साथमा रहेको भन्दै कुनै दबाब र प्रभावमा नपर्न खबरदारी गरे ।

त्यस्तै अन्य विद्यार्थी संगठनका नेताहरूले पनि नक्कली भूटानी शरणार्थी प्रकरणमा कुनै भेदभाव नगरी संलग्न सबैलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारलाई सुझाव दिएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ३ : १८ बजे

वालेन्द्र लक्षित देउवाको आक्रोश : राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छ यहाँ ?

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनदेवीस्थित निवासमा भित्रिएका छन्।

टेक्सासमा अमेरिकी सेनाको अपाचे हेलिकप्टर दुर्घटना, दुई सैनिकको मृत्यु

टेक्सास- अमेरिकी सेनाको एएच–६४ अपाचे आक्रमण हेलिकप्टर मध्य टेक्सासको सालाडो नजिकै

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

‘दुईदिने बिदाले आन्तरिक पर्यटन प्रवर्द्धन र अर्थतन्त्र चलायमान भयो, पुनरावलोकन हुँदैन’

काठमाडौं- सरकारले दुई दिनको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने कुनै तयारी

विमानस्थल भन्सार प्रणाली स्वचालित बनाउन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले त्रिभुवन विमानस्थलको भन्सार जाँचपास प्रणालीलाई