कृषि ऐन बनाउने तयारी भइरहेको छ : मन्त्री भुसाल « Khabarhub

कृषि ऐन बनाउने तयारी भइरहेको छ : मन्त्री भुसाल


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कृषि ऐन बनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री भुसालले नेपाल कृषिप्रधान देश भए पनि कृषि सम्बन्धी कुनै ऐन नभएकाले कृषि ऐन बनाउनका लागि मस्यौदा बनाउने काम भइरहेको जानकारी गराएका हुन् । मूल कृषि ऐन बनाउँदा यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहज हुने उनले बताए ।

त्यस्तै मन्त्री भुसालले मल ल्याउनका लागि अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने बताए । यो वर्ष ३८ अर्ब भन्दा बढीको मल आयात गरेको भन्दै आगामी आर्थिक वर्षमा त्यही अनुसारको तयारी गर्नुपर्ने उनको भनाइ छ ।

मन्त्री भुसालले कृषि उत्पादनमा वृद्धि गरेर आयात प्रतिस्थापन गरेको निर्यात प्रवर्द्धन गर्ने नीति रहे पनि त्यसअनुसार राज्यले लगानी गर्न नसकेको धारणा राखे । अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र भए पनि यस क्षेत्रमा बजेटको समस्या हुने गरेको उनले बताए

उनले अहिले रैथाने बालीलाई पनि प्राथमिकतामा राख्दै जमिन र बढी उत्पादनशील बीउ आवश्यक रहेको बताए । उनले तराईका ५० प्रतिशत जमिन अझै पनि सिँचाइबाट वञ्चित हुन पुगेको र जनशक्तिका अभावका कारण जमिनहरू बाँझो रहने अवस्था देखिएको र जसका कारण उत्पादनमा कमी हुने गरेको पनि बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ३ : ४७ बजे

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल