सुदूरपश्चिम प्रदेशमा हडताल सुरु, ९ जिल्ला प्रभावित « Khabarhub

सुदूरपश्चिम प्रदेशमा हडताल सुरु, ९ जिल्ला प्रभावित


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशमा सुरु भएको आम हडतालले जनजीवन प्रभावित भएको छ।

गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज भएको आम हडतालले ९  जिल्लाको जनजीवन प्रभावित भएको हो।

विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले यसअघि सार्वजनिक गरेको विरोध कार्यक्रमको तालिका अनुसार आज प्रदेशभर आम हडतालको गरेको छ। काठमाडौंमासमेत विरोध प्रदर्शन गरेका असन्तुष्ट समूहले आज सो प्रदेश ठप्प पारेका छन्।

हडतालका कारण सो प्रदेशका ९ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन। प्रहरीको अनुसार महेन्द्र राजमार्गमा ठुला सवारी साधन चलेका छैनन् भने अन्य सहायक मार्ग पनि दुई पाङग्रे सवारी साधना मात्रै छिटफुट रुपमा चलेका छन्।

गत २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो, सो अघि सुदूरपश्चिम भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले गेटालाई विश्वविद्यालय बनाउने घोषणा पनि गरेका थिए। तर, गत जेठ १५ मा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरे पछि सुदूरपश्चिमेली नागरिकमा असन्तुष्टि बढेको हो।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ८ : १२ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण