पाकिस्तानमा भीषण वर्षा, २८ जनाको मृत्यु, १४० घाइते « Khabarhub

पाकिस्तानमा भीषण वर्षा, २८ जनाको मृत्यु, १४० घाइते


२८ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

लाहोर – पाकिस्तानमा भीषण वर्षाका कारण २८ जनाको मृत्यु भएको छ।

शनिबार राति परेको भारी वर्षाका कारण खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा २८ जनाको मृत्यु भएको छ भने १४० भन्दा बढी घाइते भएका छन्।

वर्षाका कारण धेरै घर भत्किएका छन्, रुखहरू ढलेका छन् र बिजुलीका पोलहरू ढलेका छन्। प्रधानमन्त्री शहबाज सरिफले मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन अधिकारीहरूलाई निर्देशन दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार भारी वर्षा र असिनापानीका कारण खैबर पख्तुनख्वाका बन्नु, लक्की मारवत, डेरा इस्माइल खान र कारक जिल्लामा २५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पन्जाबको खुसाब जिल्लाको एउटा गाउँमा घरको पर्खाल भत्किँदा तीन बालिकाको मृत्यु भएको छ। राहत अधिकारी खतेर अहमदले घाइतेहरुलाई तत्काल राहत उपलब्ध गराइएको बताए।

गत वर्ष पनि पाकिस्तानमा मनसुनी वर्षापछि आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो र १७ सयभन्दा बढीको ज्यान गएको थियो । त्यतिबेला तीन करोडभन्दा बढी मानिस प्रभावित भएका थिए भने लाखौँ विस्थापित हुनु परेको थियो।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ८ : २७ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि