पाकिस्तानमा भीषण वर्षा, २८ जनाको मृत्यु, १४० घाइते « Khabarhub

पाकिस्तानमा भीषण वर्षा, २८ जनाको मृत्यु, १४० घाइते


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

लाहोर – पाकिस्तानमा भीषण वर्षाका कारण २८ जनाको मृत्यु भएको छ।

शनिबार राति परेको भारी वर्षाका कारण खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा २८ जनाको मृत्यु भएको छ भने १४० भन्दा बढी घाइते भएका छन्।

वर्षाका कारण धेरै घर भत्किएका छन्, रुखहरू ढलेका छन् र बिजुलीका पोलहरू ढलेका छन्। प्रधानमन्त्री शहबाज सरिफले मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन अधिकारीहरूलाई निर्देशन दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार भारी वर्षा र असिनापानीका कारण खैबर पख्तुनख्वाका बन्नु, लक्की मारवत, डेरा इस्माइल खान र कारक जिल्लामा २५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पन्जाबको खुसाब जिल्लाको एउटा गाउँमा घरको पर्खाल भत्किँदा तीन बालिकाको मृत्यु भएको छ। राहत अधिकारी खतेर अहमदले घाइतेहरुलाई तत्काल राहत उपलब्ध गराइएको बताए।

गत वर्ष पनि पाकिस्तानमा मनसुनी वर्षापछि आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो र १७ सयभन्दा बढीको ज्यान गएको थियो । त्यतिबेला तीन करोडभन्दा बढी मानिस प्रभावित भएका थिए भने लाखौँ विस्थापित हुनु परेको थियो।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ८ : २७ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण