फिलिपिन्समा ज्वालामुखी विस्फोटले आपतकाल घोषणा, हजारौँलाई अन्यत्र सारियो « Khabarhub

फिलिपिन्समा ज्वालामुखी विस्फोटले आपतकाल घोषणा, हजारौँलाई अन्यत्र सारियो


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मनिला– फिलिपिन्समा ज्वालामुखी विस्फोटका कारण आपतकाल घोषणा गर्दै हजारौँलाई अन्यत्र सारिएको छ। फिलिपिन्सको उत्तरपूर्वी अल्बे प्रान्तमा रहेको मेयोन ज्वालामुखी क्रेटरबाट ६ हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो।

अधिकारीहरुका अनुसार आउने ज्वालामुखी विस्फोटपछि हुने धुलोको मुस्लोले मानिसहरूलाई खतरा निम्त्याउन सक्ने भएकाले खतरा क्षेत्रबाट थप हजारौं मानिसलाई स्थायी रुपमा बाहिर निकाल्नु पर्ने हुन सक्ने प्रहरी अधिकारीहरूले जनाएका छन्।

टाइफून गुचोल क्षेत्रबाट धुलोको आँधी प्रशान्त महासागरबाट फिलिपिन्सतर्फ बढिरहेको उल्लेख गर्दै मेयोनको ढलान नजिक बस्नेहरूका लागि नराम्रो खबर हुन सक्ने भन्दै पूर्वसूचित गरिएको छ।

ज्वालामुखीको परिधिमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेर शिविरमा पठाइएको थियो। गत शुक्रबार नै आपतकालीन अवस्था घोषणा गरेर उनीहरूलाई बाहिर निकालिएको हो। जसका कारण, विनाशकारी विस्फोटको घटनामा आपतकाल कोषको द्रुत वितरणलाई सहज बनाउन सकियोस् भनेर सो कदम चालिएको थियो।

सुरक्षा अधिकारीहरूले बिहीबार ज्वालामुखीको चेतावनी स्तर बढाएका छन् किनभने यसको सतह मुनि ग्यास, ढुंगा र मलबेको अत्यधिक तातो धारहरू रहेका छन्, जसका गतिविधि आगामी दिन वा हप्ताहरूमा खतरनाक विस्फोटन हुन सक्ने भन्दै पूर्व सूचना जारी गरिएको छ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ९ : २० बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले