कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ‘एकेडेमिक लिडर्स सेन्सिटाइजेशन’ « Khabarhub

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ‘एकेडेमिक लिडर्स सेन्सिटाइजेशन’


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

चितवन – कृषि तथा वन विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पसमा नवनियुक्त क्याम्पस प्रमुखका लागि ‘एकेडेमिक लिडर्स सेन्सिटाइजेशन अन बेसिक एड्मिनिष्ट्रेटिभ एण्ड फाइनान्सियल प्रोसिडुअर्स’ कार्यक्रम गरिएको छ।

सोमबारसम्म सञ्चालन हुने कार्यक्रमको विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले शनिबार उद्घाटन गरेका हुन्। विश्वविद्यालयले सात वटा प्रदेशमा नौ आंगिक क्याम्पस सञ्चालन गरेको बताउँदै उनले यस्ता कार्यक्रमले व्यवस्थापकीय क्षेत्रको दायरा विस्तार गर्न समेत सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

यो कार्यक्रमले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजक निरन्तर शिक्षा केन्द्रका निर्देशक डा. निराजन भट्टराईले जानकारी दिए। ‘यो कार्यक्रमले शैक्षिक संस्थाको नेतृत्व लिएका प्रिन्सिपलहरुको आर्थिक र प्रशासनिक कार्य सञ्चालन क्षमता बढाउन सहयोग पुग्ने विश्वास लिएका छौँ।’ उनले भने। कार्यक्रममा आधारभूत प्रशासनिक विधिहरू, सार्वजनिक खरिद व्यवस्थापनका व्यवहारिक पक्ष, गुनासो व्यवस्थापन, विद्यमान आर्थिक तथा प्रशासनिक प्रावधान, विश्वविद्यालयको आन्तरिक नियन्त्रण प्रणाली लगायतका विविध विषयहरू समेटिएको निर्देशक डा. भट्टराईले सुनाए।

कार्यक्रममा विश्वविद्यालयको कृषि संकाय र वन विज्ञान संकायका आंगिक कलेजका ८ जना प्रिन्सिपलहरुको सहभागिता रहेको छ। विश्वविद्यालयमा प्रिन्सिपलको कार्यकाल ४ वर्षको हुने प्रावधान रहेको छ। वि.सं. २०६७ मा स्थापना भएको विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी तहमा ४ हजार पाँच सय विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालयमा करिब १ हजार ८ सय जनशक्ति आवश्यक भए पनि ७ सयले मात्र विश्वविद्यालय सञ्चालन गर्नुपरेको उपकुलपति रेग्मीको गुनासो छ।

विश्वविद्यालय अन्तर्गतको सेवा आयोग अध्यक्ष प्रा.डा.कल्याणी मिश्र त्रिपाठीले विश्वविद्यालयमा विद्यार्थी सङ्ख्या र गुणस्तर वृद्धि गर्ने कार्यलाई प्राथमिकता दिन नवनियुक्त प्रिन्सिपलहरुलाई आग्रह गरिन्। विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले यस्ता कार्यक्रम बहु उपयोगी हुने भएकाले प्रशासनिक काम गर्ने हुटहुटीलाई नतिजामुखी बनाउनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा विश्वविद्यालयको कृषि संकायका डीन प्रा.डा. अर्जुनकुमार श्रेष्ठ र युएसएआईडी एग्रिकल्चर हाइयर एजुकेशन परियोजनाका टिम लिडर प्रा.डा. नरकाजी गुरुङले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव विस्नु प्र. सापकोटा, विश्वविद्यालयको कृषि संकायका डीन अर्जुनकुमार श्रेष्ठ, कर्मचारी प्रशासन महाशाखा प्रमुख बुद्धिनाथ ढुंङ्गाना, आर्थिक प्रशासन महाशाखा प्रमुख भीमप्रसाद सापकोटा, सामान्य प्रशासन महाशाखा प्रमुख वसन्त पौडेल लगायतले स्रोत व्यक्तिको भूमिका निर्वाह गर्नेछन्।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ९ : ५५ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण